बुढीनन्दा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव बैशाख ५ गतेदेखि, चर्चित कलाकारको सहभागिता रहने

मुख्य समाचार

कोल्टी बाजुरा
‘कृषि, उद्योग, पर्यटन र व्यापार : बुढीनन्दाको समृद्धिका लागि विकासको आधार’ भन्ने नारासहित ‘प्रथम बुढीनन्दा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८१’ कोल्टी, बाजुरामा आयोजना हुने भएको छ। महोत्सव बैशाख ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।

बुढीनन्दा नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा कृषि प्रदर्शनीदेखि विभिन्न सांस्कृतिक कार्यक्रमसम्म रहने आयोजकले जनाएको छ।

बैशाख ५ गते महोत्सवको उद्घाटन समारोहमा चर्चित गायक मनबहादुर रोकाया, लक्ष्मण अधिकारी, धर्बेद्र सुनार, ओब्जन परियार लगायतका  उदियमान कलाकारका प्रस्तुति रहनेछन्।
साथै, उदियमान उद्घोषिका अनिता घामीले कार्यक्रमको उद्धघोषण गर्नेछ्न ।

देउडा गायन प्रतियोगिता,हुड्के नाच प्रदर्शन,स्थानीय मांगल, चाँर्ची फाक,भुवाचाली लगायत प्रस्तुति” गरिनेछ। साथै वडा स्तरीय गायन प्रतियोगिता पनि आयोजना गरिनेछ।
मालश्री स्टुडियोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रवर्द्धनमा तथा जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका लगायत सह आयोजना महोत्सव हुँदैछ ।

Leave a Reply