सोरु गाउँपालिकामा अनुप श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकियो

कर्णाली प्रदेश मुख्य समाचार

कर्णाली प्रदेश मुगुको सोरु गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पशु विकास सेवा समूहका अधिकृत अनुप श्रेष्ठलाई दिइएको छ।
गाउँकार्यपालिकाले २०८१ साल जेठ ११ गतेदे अर्थात आईतवार देखि कार्यान्वयनमा आउने गरी श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी तोकिएको हो।

श्रेष्ठ सातौँ तहका अधिकृत हुनुहुन्छ र यसअघि पशु विकास सेवा शाखामा कार्यरत हुनुहुन्थ्यो। अब उहाँले निमित्त प्रमुख प्रशासकीय अधिकृतका हैसियतमा गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नुहुनेछ।

आईतवार दिउँसो कार्यापालिकाको निर्णय अनुसार उहाँलाई निमित्त प्रमुख प्रसासकिय अधिकृतमा जिम्मेवारी तोकेको गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताउनुभयो । कार्यपालिका निर्णयको पत्रअनुसार,संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत तोकिएको समयमा हाजिर नहुनुका कारण प्रसासनिक काम प्रभावित भएका थिए ।
कार्यपालिकाको निर्णयअनुसार श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा तोकिएको अध्यक्ष शाहीले बताउनुभयो ।उहाँका अनुसार, प्रशासनिक कामकाजलाई सहज, समुचित र प्रभावकारी बनाउन उहाँलाई यो जिम्मेवारी दिइएको बताउनुभयो ।अब कामहरु समयमै समाधान हुने नागरिकको अपेक्षा छ ।

Leave a Reply