बाम्का बजारका आगलागी पीडितलाई जगन्नाथ गाउँपालिकाबाट एक लाख रुपैयाँ सहयोग

अर्थ जगन्नाथ गाउँपालिका बिचार मुख्य समाचार समाज


बाजुरा — बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा हालै भएको भीषण आगलागीबाट पीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि जगन्नाथ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पीडितहरूलाई रु एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाले उक्त सहयोग तत्काल राहतका लागि प्रदान गरिने जनाएको छ।

आगलागीबाट घर, पसल र सामग्रीमा ठूलो क्षति पुगेपछि स्थानिय व्यापारीहरू संकटमा परेका छन्। क्षतिको यथोचित मूल्याङ्कनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संयुक्तरूपमा मूल्याङ्कन कार्य अघि बढाएका छन्।

गाउँपालिकाले पीडितहरूलाई तत्काल राहत प्रदान गर्न र पुनर्स्थापनामा टेवा पुर्‍याउन सबैलाई सहयोग गर्न अपिलसमेत गरेको छ। यस सहयोगले पीडितहरूलाई तत्काल राहत पुर्‍याउने र पुनःस्थापनामा मद्दत पुग्ने विश्वास गरिएको छ।


Leave a Reply