मन बहादुर शाही
मुगु-“व्यवस्थित र जिम्मेवार प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारालाई जोड दिदै सोरु गाउँपालिका कृषि विकास शाखाले आ.व. २०८१/०८२ का लागि उत्कृष्ट कृषक सम्मानको आवेदन खुला गरेको छ। शाखाले एक सूचना जारी गर्दै कृषकहरूलाई तोकिएको मापदण्ड अनुसार आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरेको छ।
कृषकहरूको योगदानको कदर गर्दै “उत्कृष्ट कृषक सम्मान कार्यक्रम” अन्तरगत स्थानीय स्तरमा कृषिमा योगदान पुर्याएका कृषकहरूलाई छनोट गरी सम्मान गरिने बताइएको छ। यसका लागि इच्छुक कृषकहरूलाई फारम नं. ९ र फारम नं. २ मा उपलब्ध विवरण भरेर निवेदन दिन भनिएको छ।
आवेदन दिनुपर्ने कागजातहरु सहित सिफारिससहितको वडाको पत्र,नेपाली नागरिकताको प्रमाणपत्र मा उल्लेख गरिएको विवरणसहितको निवेदन, मा उल्लेख गरिएको पूर्ण विवरणसहितको फारम शाखाले फारम नं. १ र २ को नमुना यसै सूचनासँग संलग्न गरिएको जानकारी दिएको छ।
थप जानकारीका लागि कृषि शाखा (फोन नं. ९८६८०४०६७९) वा पशु सेवा शाखा (९८६८०५८५२०) मा सम्पर्क गर्न सकिने जनाइएको छ।गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकहरूको प्रेरणा अभिवृद्धिका लागि यस कार्यक्रमलाई महत्वपूर्ण मान्दै आएको छ।