कोहि मान्छे अकालमै मर्छन किन होला
बिना कसुर आत्महत्या गर्छन किन होला ।
कसैलाइ जे गरेनी हुँदै नहुने, कोहि भने
आँखा जुध्धैमा प्रेममा पर्छन किन होला ।
धेरै प्रयास पछिको महान सफलतामा
पराइ मौन, आफन्त आखा तर्छन किन होला
यी उनका याद पनि नआउन भन्छु बारम्बार
झनै दिन रात मन मस्तिष्क चर्छन किन होला ।
पुगेन प्रक्रिया कुर्नुहोस भन्ने सेवकहरू,
देख्दैमा २/४ हजार अघि सर्छ्न किन होला
बाच्ने मर्ने त मान्छेको भाग्य हो भन्छु म
नत्र कोहि फुल्ने कोहि कोपिलामै झर्छन किन होला