सोरु गाउँपालिकाको ५७ करोडको बजेट सार्वजनिक, एकल पुरुषलाई मासिक भत्ताको व्यवस्था

अर्थ कर्णाली प्रदेश कला साहित्य खेल मुख्य समाचार शिक्षा सडक सवारी समाज


मुगु, असार १० —सन्तोष प्रसाद जोशी
मुगुको सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा भौगोलिक, सामाजिक तथा आवश्यकता अनुरूपका प्राथमिकतालाई केन्द्रमा राखिएको जनाइएको छ।

गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत तथा राजस्व अनुमानका आधारमा आगामी वर्षको कार्यक्रम र योजना तय गरेको हो। सार्वजनिक गरिएको बजेटमध्ये पुँजीगततर्फ २२ करोड २५ लाख ४२ हजार रुपैयाँचालूतर्फ ३५ करोड ६९ लाख ५ हजार ५८२ रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत एकल पुरुषहरूलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ। यस्तै, स्वयंसेविकालाई सन्चारका लागि मोबाइल सेटमासिक १ सय रुपैयाँ सञ्चार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, जनप्रतिनिधि, कृषक, उपभोक्ता समिति, स्वयंसेविका, शिक्षक तथा निर्माण कम्पनीहरूलाई पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। सभाका अध्यक्ष धर्म बहादुर शाहीले गाउँपालिकाको समग्र विकासको लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै बजेटलाई व्यावहारिक बनाईएको बताउनुभयो

बजेट प्रस्तुत गर्दै गाउँपालिकाले हरेक क्षेत्र र शाखामा प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दै पारदर्शिता र जवाफदेहिता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


Leave a Reply