बेर्मा झोलुङ्गे पुल उद्घाटनको अन्तिम चरणमा

मुख्य समाचार सडक सवारी स्वामीकार्तिक खापर गाउँपालिका


बाजुरा-‎गत २०७९ साल असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकालाई जोड्ने बेर्मा झोलुङ्गे पुल डुबानमा परेको थियो। पुल डुबानमा परेपछि स्वामिकार्तिक र जगन्नाथबीचको आवतजावत पूर्णरूपमा बन्द हुन पुगेको हो।

‎स्थानीय बासिन्दाका लागि अत्यन्तै आवश्यक र महत्वपूर्ण मानिने उक्त पुलको पुनर्निर्माणका लागि स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको अथक प्रयासपछि बजेटको व्यवस्था गरिएको थियो। आवश्यक प्रक्रिया पूरा गर्दै टेन्डर सम्पन्न भएपछि अहिले पुल निर्माण कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ।

‎यो पुल निर्माणले स्थानीय बासिन्दालाई आवतजावतमा सहज बनाउनेछ, जगन्नाथ गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बेर्मा बजारमा व्यापार, किनमेल, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सेवा प्रवाहमा समेत सहजता आउने स्थानीयवासीहरूको विश्वास छ।

‎पुल पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न दिनरात खटिनु भएका गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, निर्माण टोली तथा समन्वयकारी निकायप्रति स्थानीयले आभार व्यक्त गरेका छन्। यस कार्यलाई एक उदाहरणीय, स्मरणीय र दिगो विकासको प्रतिबिम्बका रूपमा लिइएको छ।

Leave a Reply