अदानचुली गाउँपालिकाले ३४ करोड ३७ ‎लाख ९९ हजार ७२३ विनियोजन गर्‍यो ।

कर्णाली प्रदेश मुख्य समाचार राजनीति शिक्षा सडक सवारी समाज स्वास्थ्य

‎हुम्ला जिल्लाको आदानचुली गाउँपालिकामा १६ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको गाउँसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी विकास योजनाको खाका सार्वजनिक गरेको हो।  विनियोजित बजेटबाट आगामी  आर्थिक बर्षमामा संचालन गरिने मुख्य कार्यक्रमहरू र विनियोजित बजेट विवरण प्रस्तुत गरिएको हो ।‎

आगामी आ. व.०८२/०८३ को लागि अदनचुली गाउँपालिकाको लागि रु. ३४ करोड ३७ ‎लाख ९९ हजार ७२३ रुपैयाँ विनियोजन गरेको छ ।‎कुल विनियोजन मध्ये चालु तर्फ रु २२ करोड १५ लाख ९५ हजार ७ सय २३ रुपैयाँ र ‎पुँजीगत तर्फ १२ करोड २२ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको छ ।‎संघीय सरकारबाट सशर्त तथा अनुदानबाट प्राप्त रु १० करोड ५० लाख रुपैयाँ र प्रदेश ‎सरकारबाट सशर्त चालु तर्फ र २ करोड ७० लाख विनियोजन रकम बिनियोजन भएको छ। चालु खर्चको अंश पोहोरको तुलना बढी देखिएको छ।

‎गाउँकार्यपालिकाको कार्यालयद्वारा आयोजित सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, शिक्षक, महिला समूह, युवाहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। गाउँसभामा अध्यक्ष सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, ऊर्जा, सूचना प्रविधि र रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।

‎सभामा वडास्तरीय समस्याको पहिचान, नागरिकका आवश्यकता, विकासको प्राथमिकता र समावेशी विकास योजनाका विषयमा छलफल गरिनुका साथै आगामी वर्षका लागि व्यावहारिक तथा जनमुखी कार्यक्रम समेटिएको बजेट पारित गरिएको छ।‎अध्यक्ष सिंहले सम्बोधनका क्रममा अगामी वर्षलाई ‘स्थानीय उत्पादन र रोजगार वृद्धि’ वर्षका रूपमा लिइने बताउँदै पारदर्शी र उत्तरदायी शासनमार्फत जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपाध्यक्ष तथा अन्य वडाध्यक्षहरूले समेत आफ्नो धारणा राख्दै गाउँपालिका स्तरीय समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।‎यस अवसरमा अघिल्ला वर्षमा सम्पन्न विकास योजनाको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो।



Leave a Reply