स्वामिकार्तिकका SEE टप गर्ने विद्यार्थीलाई डिके मोबाइल सप्लायर्सबाट २५ हजार बराबरको मोबाइल सेट  उपहारको घोषणा

अर्थ मुख्य समाचार समाज सुदूरपश्चिम प्रदेश स्वामीकार्तिक खापर गाउँपालिका

‎‎सन्तोष प्रसाद जोशी बाजुरा, असार १३ –
‎बाजुराको कोल्टी बजारमा विगत १० वर्षदेखि सफल रूपमा डिके मोबाइल सप्लायर्स पसल सन्चालन गर्दै आएका कमल बुढा र दान बुढाले समाजप्रति उत्तरदायी उदाहरणीय कार्य गरेका छन्। दुई दाजुभाइले सन्चालनमा ल्याएको यस मोबाइल पसलले स्वामिकार्तिक खापर गाउँपालिकामा एसइइ (SEE) परिक्षामा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई २५ हजार रुपैयाँ बराबरको स्मार्टफोन उपहार दिने घोषणा गरेको हो।

‎पसलका संचालक भाइ कमल बुढाले शुक्रबार ह्याप्पी खबरसँग कुरा गर्दै उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार ग्रामीण भेगमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धात्मक शिक्षामा अभिप्रेरित बनाउन यो पहल सुरु गरिएको बताउनुभयो।

‎”हामीले गाउँमा पढिरहेका मेहेनती विद्यार्थीलाई सानो तर प्रेरणादायी साथ दिन खोजेका हौं,” कमल बुढाले भन्नुभयो, “यो उपहार कुनै संस्था वा निकायको दबाब वा योजना अन्तर्गत नभई, व्यक्तिगत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको बताउनुभयो।

‎उक्त पुरस्कार स्वामिकार्तिक खापर गाउँपालिकाभित्रका सरकारी विद्यालयबाट २०८१ सालको SEE परीक्षा दिएका विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने एक जनालाई प्रदान गरिने बताउनुभयो। छानोटका लागि विद्यालयहरूबाट प्रमाणित नतिजाको आधारमा निष्पक्ष निर्णय गरिनेछ।उहाँले भन्नुभयो स्वामिकार्तिक खापर गाउँपालिका अन्तर्गतका सरकारी बिद्यालय मध्ये जुन बिद्यालयको बिद्यार्थीले उत्कृष्ट अंक ल्याउँछ त्यसै बिद्यालयका प्रधानाध्यापकबाट मोबाईल सेट हस्तान्तरण गर्ने बताउनुभयो।नतिजा आएको १ हप्ताभित्र उक्त मोबाईल सेट रेडियो बुढिनन्दामा सम्पर्क गरेर वा सन्चालक कमल बुढालाई भेटेर लिने जनाएको छ ।

‎सानो व्यवसाय भए पनि सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने सोच राख्ने दुई दाजुभाइको यो निर्णय गाउँमा उदाहरणीय बन्न पुगेको छ।
‎शैक्षिक क्षेत्रमा यस्तो प्रेरणादायी योगदानले गाउँका अन्य व्यवसायीहरूलाई पनि समाजमा सकारात्मक भुमिका खेल्न उत्प्रेरणा दिने अपेक्षा गरिएको छ।

‎डिके मोबाइल सप्लायर्सका प्रमुख सेवाहरू यस्ता छ्न ।

‎बाजुराको कोल्टीमा अवस्थित डिके मोबाइल सप्लायर्स विगत १० वर्षदेखि मोबाइल तथा इलेक्ट्रोनिक सामान सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एक लोकप्रिय पसल हो। कमल बुढा र दान बुढाको साझेदारीमा सञ्चालित यस पसलले निम्न सेवाहरू प्रदान गर्दै आएको छ।


‎ १. होलसेल तथा फुटकर मोबाइल बिक्री तथा वितरण

‎सस्तोदेखि मंहगा ब्रान्डसम्मका स्मार्टफोन तथा बार फोनहरूको उपलब्धता

‎सामसुङ, ओप्पो, भिभो, रेडमी, टेक्नो रियलमीजस्ता ब्रान्डहरूको विक्रि

‎ग्राहकको आवश्यकता अनुसार मोबाइल अर्डर गर्ने सुविधा

‎ २. मोबाइल मर्मत सेवा

‎सामान्यदेखि जटिल मोबाइल समस्यासम्म समाधान (स्क्रिन फेर्न, चार्जिङ पोर्ट मर्मत, सॉफ्टवेयर अपडेट आदि)

‎प्रशिक्षित प्राविधिकद्वारा मर्मत सेवा

‎स्पेयर पार्ट्सको ग्यारेन्टीसहितको प्रयोग

‎ ३. मोबाइल सामान उपलब्धता

‎मोबाइल कभर, टेम्पर्ड ग्लास, चार्जर, हेडफोन, पावर बैंक, ब्लुटुथ स्पीकर आदि

‎स्टाइलिश र गुणस्तरीय एसेसोरीहरू सस्तो मूल्यमा

‎ ४. सिम तथा रिचार्ज सेवा

‎एनसेल, एनटीसी, स्मार्टसेल सिम वितरण

‎रिचार्ज कार्ड तथा ई–सेवा रिचार्ज सेवा

‎मोबाइलमा डाटा प्याक र अफर एक्टिभेट गरिदिने सुविधा


‎ ५. अन्य डिजिटल सेवा

‎इ–सेवा तथा खल्तीमार्फत बिल भुक्तानी (बिजुली, पानी, इन्टरनेट, स्कुल फी आदि)

‎फोटो कपी, प्रिन्ट, स्क्यान, र दस्तावेज डाउनलोड सेवा

‎ ६. प्राविधिक जानकारी र प्रशिक्षण

‎मोबाइल कसरी सुरक्षित राख्ने, अनलाइन ठगीबाट कसरी बच्ने भन्ने विषयमा सामान्य जानकारी

‎विद्यालय र युवाहरुलाई लक्षित मोबाइल सचेतना कार्यक्रमको आयोजना
‎डिके मोबाइल सप्लायर्स को उद्देश्य ग्रामीण भेगका जनतालाई प्रविधिसँग जोड्नु र गुणस्तरीय सेवा सुलभ दरमा उपलब्ध गराउनु हो। सेवा, सहजता र सन्तुष्टिका लागि कोल्टी क्षेत्रमा यो पसल विश्वासिलो गन्तव्य बनेको छ।

Leave a Reply