प्याजले बजार नपाउँदा किसान निराश, उत्पादनमा कमी आउँने चिन्ता

मुख्य समाचार सडक सवारी सुदूरपश्चिम प्रदेश स्वामीकार्तिक खापर गाउँपालिका

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज दुई महिना सम्म स्टोरेजमै थन्किँदा किसानहरू निराश भएका छन्। मेहनत र पसिना पोखेर उत्पादन गरिएको प्याजलाई उचित बजार मूल्य नपाउँदा गाउँभरि निरासा फैलिएको हो।
स्थानीय किसान बिरभान बिकका अनुसार करिब १ सय २ क्विन्टल प्याज थन्किएको छ। दशैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा पनि प्याजले बजार पाउन सकेको छैन। “अहिले त खासै मूल्य नपाइने भएपछि अर्को वर्ष प्याज उत्पादन घट्ने डर छ,” बिकले फेसबुकमार्फत दुखेसो पोख्नुभएको छ।खेतबारीबाट गाउँपालिका सम्म ढुवानी भैसकेको छ।
अर्गानिक प्याज कसैलाई चाहिएमा सम्पर्क राख्न’ बिकले अनुरोध गर्नुभएको छ। सम्पर्कका लागि ९८६८५८९१५५ नम्बर उपलब्ध गराइएको छ।उक्त प्याजमा किसानहरूले दशैं–तिहारमा विशेष छुट ब्यबस्था गरेका छ्न।
उचित मूल्य र बजार अभावका कारण किसानहरूको उत्साह हराउँदै गएको छ। कृषि पेशाप्रति मोहभंग हुने मात्र नभई अर्को वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना देखिएको छ। मेहनतको फल खेतमै कुहिँदै जाँदा किसानहरूको मुहारमा देखिएको पीडाले गाउँमा निराशा थपेको छ।

Leave a Reply