मुगु — दशैं–तिहार नजिकिँदै गर्दा सोरु गाउँपालिकाले खेलप्रेमी युवाहरूलाई लक्षित गर्दै भलिबल फिल्ड सरसफाइ गर्ने भएको छ। वर्षायामका कारण फिल्डमा खाल्डाखुल्डी बनेपछि खेल सञ्चालनमा कठिनाइ हुँदै आएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिहँराज डाँगीले स्थानीय युवाहरूलाई चाडपर्वमा घरमै रमाइलो गर्न प्रोत्साहित गर्ने उद्देश्यले फिल्ड सरसफाइको निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले थोरै रकम व्यवस्थापन गरी सरसफाइ कार्य अघि बढाउने भएको हो।
”दशैं–तिहारमा युवाहरूलाई मनोरञ्जनात्मक वातावरण सिर्जना गर्न, घरमै बसेर रमाइलो गर्न र झन्झट हटाउन यो पहल गरिएको हो,” प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो।सन्त बहादुर शाहीको नेतृत्वमा १० जना युवाहरुले काम गर्ने भएका हुन।
फिल्ड मर्मत र सरसफाइ भएपछि गाउँमा भलिबल खेलको वातावरण थप सहज हुने अपेक्षा गरिएको छ।
