सोरु गाउँपालिकाका १० र ११ नम्बर वडामा ५५० घरधुरीलाई सोलार वितरण

कर्णाली प्रदेश मुख्य समाचार समाज

‎मुगु — सोरु गाउँपालिकाका वडा नम्बर १० र ११ का नागरिकलाई निःशुल्क सोलार वितरण गरिएको छ। गाउँपालिकाको समन्वय र कादुरी संस्थाको सहयोगमा दुुई वडाका ५५० घरधुरीलाई सोलार सेट उपलब्ध गराइएको कादुरी संस्थाले जनाएको छ।
‎आज हुम्ला जिल्लामा पर्ने दोमुखमा आयोजित एक अनौपचारिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्थानियहरूलाई सोलार हस्तान्तरण गर्नुभयो। अध्यक्ष शाहीले दुर्गम बस्तीका नागरिकको दैनिक जीवन सहज बनाउन सोलार जडान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सहयोगी संस्था कादुरीप्रति आभार व्यक्त गर्नुभयो।
‎सोलार वितरणपछि स्थानीय बासिन्दाले घरायसी उज्यालोसँगै मोबाइल चार्ज, रेडियो तथा अन्य साना उपकरण चलाउन सहज हुने अपेक्षा गरिएको छ।

सोलार पाउँदा स्थानीयले अध्यक्ष शाही लगायत सहयोगी निकायलाई धन्यवाद दिएका छन् । गाउँपालिकाले आगामी दिनमा ऊर्जा पहुँच विस्तारका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।
‎सोलार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही, वडा नं. १० का अध्यक्ष कुलचन्द्र जैशी, वडा नं. ११ का अध्यक्ष वीरजंग शाही, कादुरी संस्थाका कर्मचारी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply