स्वामिकार्तिक खापर गाउँपालिका–३ का गणेश दमाई २२ वर्षपछि परिवार र जन्मथलोको खोजीमा नेपाल फर्किएका छन्। तीन दाजुभाइमध्ये माइला गणेश बाल्यकालमै घर छाड्न बाध्य भएका थिए।करिब ३० वर्षअघि गणेशका बुवा देउराम दमाईको निधन भएपछि परिवारमा तनाव उत्पन्न भएको थियो। बुवा बितेको करिब दुई वर्षपछि उनकी आमा पदु दमाई पाण्डुसैन पोइल गएकी थिइन्। त्यसपछि गणेशको पारिवारिक सम्पर्क पूर्ण रूपमा टुट्यो र उनी घरबाट बाहिरिन पुगे।
करिब ३० वर्षअघि गणेशका बुवा देउराम दमाईको निधन भएपछि परिवारमा तनाव उत्पन्न भएको थियो। बुवा बितेको करिब दुई वर्षपछि उनकी आमा पदु दमाई पाण्डुसैन पोइल गएकी थिइन्। त्यसपछि गणेशको पारिवारिक सम्पर्क पूर्ण रूपमा टुट्यो र उनी घरबाट बाहिरिन पुगे।
परिवारिक विखण्डनपछि विभिन्न ठाउँ भौतारिँदै उनी भारतको हिमाञ्चल प्रदेश अन्तर्गत रामपुर क्षेत्रमा बसोबास गर्न थाले। त्यहाँ उनले होटलमा भाँडा माझ्ने, स्याउ बगैंचामा मजदुरी गर्ने जस्ता कठिन काम गर्दै जीवन गुजारे। लामो समयसम्म परिश्रम गरे पनि न त पर्याप्त पैसा कमाउन सके, न त कुनै स्थायी सम्पत्ति जोड्न सके।
२२ वर्षको लामो परदेशी जीवनपछि जन्मभूमि नेपालको सम्झनाले उनलाई घर फर्किन प्रेरित गर्यो। हाल उनी नेपाल फर्किए पनि बसोबास, जीविकोपार्जन र नागरिकता जस्ता आधारभूत समस्याले घेरेको अवस्था छ। बुवा सानैमा बितेका, आमा पोइल गएकी र घरबारसमेत नभएकाले उनको जीवन अझै अन्योलपूर्ण बनेको छ।
सबैभन्दा ठूलो समस्या भने नागरिकता प्राप्तिमा देखिएको आनाकानी हो। आवश्यक कागजात र परिवारिक प्रमाण नहुँदा नागरिकता बनाउन कठिनाइ भइरहेको उनले गाउँपालिकामा बताए। स्थानीय तह तथा सम्बन्धित निकायबाट सहजीकरण नपाए गणेशको पुनर्स्थापना अझ जटिल बन्ने देखिन्छ।
२२ वर्षपछि घर फर्किएका गणेश दमाईको जीवन पुनः सुरु गर्न पालिका सरोकारवाला निकायको ध्यान र सहयोग आवश्यक देखिएको छ।

