दुर्गममा सेवा विस्तार, मुगु–बाजुरामा मालपोत र नापी केन्द्र स्थापना हुने

कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश

मुगु र बाजुरा जिल्लामा मालपोत तथा नापी सेवा केन्द्र स्थापना हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले मुगु र बाजुरा जिल्लामा नयाँ मालपोत तथा नापी कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।
जेन्जी कर्णाली केन्द्रका केन्द्रीय संयोजक अनिल बानियाँले मुगु जिल्लाको खत्याड गाउँपालिका र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टी क्षेत्रमा मालपोत तथा नापी सेवा केन्द्रको स्थायी संरचना स्थापना आवश्यक रहेको भन्दै मन्त्रालयमा निवेदन दिनुभएको थियो।
सोही निवेदनका आधारमा मन्त्रालयको निर्देशनअनुसार विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय गरी नयाँ कार्यालयको कार्यक्षेत्र निर्धारण र कार्यालय रहने केन्द्र प्रस्ताव गरी पठाउन निर्देशन दिएको छ।
यससँगै मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाटै सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ।

Leave a Reply