सन्तोष प्रसाद जोशी
माघ,५
बिगतका चौतारीमा धुलोमाटो भयो।पुराना ढुङ्गामाटाका घरहरु भत्के ऐतिहासिक सम्पतिमा पुर्णराम लायो।तस्बिरमा पिपल चौतारी रहर लाग्दा ढुङ्गाका घर करिब १५ साल अगाडि २०५६ सालको हिंउदे झरी थियो।स्कुल बिदा पनि मेरो पढाई कक्षा ६ हिंउद बिदामा घर खर्च कमाउन अछाम जाने चलन म पनि के कम घरबाट भागेर साफेबगर एक दिनको कुरो हो।कामको सिलसिलामा बिरामी परे म बयालपाटा अस्पतालमा जाने निर्णय गरेँ ।अस्पतालमा भर्खर mbbs त्यही पनि बिदेशी डक्टरले हेर्ने बिरामी अस्पतालको गेटमा पुगें नाम दर्ता गर्नेपर्ने नाम उमेर ठेगाना बताएँ ।दर्तावाला दाईले बाजुराबाट कसरी कामको सिलसिलामा दाई भने २ बजेसम्म हजारौं बिरामीको लाईन पालो आयो।सबै कुरा छोडेर डाक्टर निराजन खड्काले यति कलिलो उमेरमा लेबरी काम ।मैले के गर्नु त डाक्टर साप भनें ।उहाँले भन्नुभयो।बाजुरामा घुम्न लायक पर्यटकिय ठाउँ कतै छ।भनेपछि म सानो त्यसरी धेरै ठाउँ नघुमेको पनि नाई सर बाजुराबाट राराताल नजिक पर्छ।ए हो ल अब लेबरी काम गर्नुपर्दैन हामीसँग जानुपर्छ।म पनि लौ त तयार भए।रारा घुम्न ५ जना डाक्टरको टोली तयार भयौं।आस्था पन्त,अंगिरे थापा ,आस्मा बडुवाल निराजन खड्का लगायतका साथीहरुको यात्रा तय भयो।त्यति बेला बाजुराको तिपाडा सम्म ट्याक्टर र जिप चल्थे।एउटा जिप बयालपाटाबाट रिजर्ब गरेर तिपाडा आयौं ।तिपाडाबाट हिनेर झमक्क रात बुढिगंगा तिर पर्यो।रातिको बास त्यत्तै दोश्रो बास ढम्कने तेस्रो दिन कोल्टी बजार बिहानको खाना अर्थगें चौर जहाँ यो पिपल चौतारी छ।त्यहीँ भयो।मेरो भिनाजु हुलाकी त्यही सानो होटेल गरेर बस्नुहुन्थ्यो।बिहानको अर्गानिक खाना यही चौतारीको नजिक ढुङगाको घर खरले छाएको कति रमाइलो फोटो खिच्दै रमाउँदै त्यो रातको बास मुगुको माज घट्ट त्यहाँ रातो चामलको भात सिमिको दाल आलु चिचिन्डाको तरकारी लिस्सेरो दही र जंगली मासु आनन्द बेग्लै बाहिर आगो बालेर राप ताप्यौं करिब १२ बजेराति सम्म गित गाउँदै रमाईलो गर्यौं।भोली बिहान त्यहाँ जडिबुटीको चिया र उक्स्याएका आलु र छाँई (महि)को नास्ता खाएर निस्क्यौं करिब १ बजेतिर रारा पुगियो।

