मुगु।“मानव अधिकार हामी सबैको अपरिहार्य आधार”, “मानव अधिकार तथा प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित मुगुको सोरु गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुस्पा मल्लका अनुसार हक–अधिकार सम्बन्धी सचेतना, लैङ्गिक समानता तथा सबै खाले हिंसा र भेदभाव अन्त्यका लागि सामुदायिक प्रतिवद्धतासहित अभियान आज औपचारिक रूपमा समापन गरिएको हो।
शाखा प्रमुख मल्लले सडक नाटकमार्फत विद्यार्थी तथा स्थानीयमा प्रभावकारी ढंगले सचेतना फैलाइएको र महिलाहरूले देउडाबाट संदेश प्रवाह गरेको बताउनुभयो। “सामुदायिक सहभागिता बढ्दै गएको छ, अब लैङ्गिक हिंसा अन्त्यका लागि चेतनासँगै व्यवहार परिवर्तन अपरिहार्य छ,” प्रमुख मल्लले भन्नुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगीले लैङ्गिक मात्र नभई समाजमा रहेका सबै प्रकारका भेदभाव र अन्याय अन्त्य गर्न प्रत्येक नागरिक स्वयं उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो। “परिवर्तन आफैँबाट सुरु हुनुपर्छ, हिंसामुक्त समाज निर्माणमा गाउँपालिकाको साथ सदैव रहनेछ,” डाँगीको भनाई थियो।
लैङ्गिक हिंसा शक्ति असन्तुलन, असमानता र पितृसत्तात्मक सोचको कारणले घर, विद्यालय, कार्यालयदेखि सार्वजनिक स्थानसम्म कहीं पनि हुन सक्छ। हिंसा केवल शारीरिक मात्र होइन; मानसिक, आर्थिक, सामाजिक र डिजिटल स्वरूपमा पनि व्यापक छ। नेपालमा कुटपिट, यौन दुर्व्यवहार, धम्की, आर्थिक नियन्त्रण, साइबर बुलिङ, छाउपडी, दाइजो, बालविवाह, बोक्सीको आरोपजस्ता परम्परागत हानिकारक अभ्यास अझै विद्यमान छन्।
कानून बनाए पनि कमजोर कार्यान्वयन, दण्डहीनता, सामाजिक कलङ्कको डर र आर्थिक निर्भरता भएकाले पीडितहरू मुख खोल्न नसक्ने अवस्था छ। धेरैजसो हिंसा घरभित्रै, चिनेजानेकाबाट हुन्छ—जहाँ नियन्त्रण, असमान व्यवहार र मोबाइल/सन्देश जाँचजस्ता कुराबाट हिंसा सुरू हुन्छ।
समाजमा ‘महिलाले सहनैपर्छ’ भन्ने धारणा, घरका सबै काम महिलाले नै गर्नुपर्छ भन्ने सोच र गलत सामाजिक भूमिकाले हिंसा थप बढाइरहेका छन्। समाधानका लागि कानूनी साक्षरता, शिक्षा, आर्थिक सशक्तिकरण, समानता सिकाउने शिक्षा र गलत व्यवहारलाई रोक्ने पारिवारिक/सामाजिक संस्कार अत्यावश्यक छन्।अभियानअन्तर्गत हिजो सम्पन्न माध्यमिक विद्यालय स्तरीय सडक नाटक प्रतिस्पर्धामा माध्यमिक विद्यालय, कालैले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी रारा माध्यमिक विद्यालय, कच्याँले दोस्रो, कालिका माध्यमिक विद्यालय, लिब्रुले तेस्रो र गुरु माध्यमिक विद्यालय, भिईले सान्त्वना प्राप्त गरेका छन्।
आज सम्पन्न खुला महिला देउडा प्रतियोगितामा वडा नम्बर २ प्रथम, सोरुकोट बजार दोस्रो, वडा नम्बर ३ तेस्रो तथा वडा नम्बर ११ ले सान्त्वना स्थान हासिल गरेको शाखा प्रमुख मल्लले जानकारी दिनुभयो।
सोरु गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा तथा आईएनएफ मुगु, ग्रामीण सामुदायिक संस्था (GSS) र किडार्क नेपाल मुगुको आर्थिक सहयोगमा १६ दिने अभियान सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
यि सबै कुराको अन्त्य हुन जरुरी देखिन्छ।अभियानअन्तर्गत हिजो सम्पन्न माध्यमिक विद्यालय स्तरीय सडक नाटक प्रतिस्पर्धामा माध्यमिक विद्यालय, कालैले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी रारा माध्यमिक विद्यालय, कच्याँले दोस्रो, कालिका माध्यमिक विद्यालय, लिब्रुले तेस्रो र गुरु माध्यमिक विद्यालय, भिईले सान्त्वना प्राप्त गरेका छन्।
आज सम्पन्न खुला महिला देउडा प्रतियोगितामा वडा नम्बर २ प्रथम, सोरुकोट बजार दोस्रो, वडा नम्बर ३ तेस्रो तथा वडा नम्बर ११ ले सान्त्वना स्थान हासिल गरेको शाखा प्रमुख मल्लले जानकारी दिनुभयो।
सोरु गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा तथा आईएनएफ मुगु, ग्रामीण सामुदायिक संस्था (GSS) र किडार्क नेपाल मुगुको आर्थिक सहयोगमा १६ दिने अभियान सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।कार्यक्रममा जनप्रतिनिधि कर्मचारी बिभिन्न बिद्यालयका शिक्षक,बिद्यार्थी स्थानीय महिला पुरुष र अन्य दर्शकको बाख्लो उपस्थिति थियो।

