दुर्गममा सेवा विस्तार, मुगु–बाजुरामा मालपोत र नापी केन्द्र स्थापना हुने

मुगु र बाजुरा जिल्लामा मालपोत तथा नापी सेवा केन्द्र स्थापना हुने भएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले मुगु र बाजुरा जिल्लामा नयाँ मालपोत तथा नापी कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।जेन्जी कर्णाली केन्द्रका केन्द्रीय संयोजक अनिल बानियाँले मुगु जिल्लाको खत्याड गाउँपालिका र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको […]

Continue Reading

सोरू गाउँपालिका वडा नम्बर ६ मा १७७ जनालाई न्यानो कपडा वितरण

बिनोद शाही,मुगु सोरू गाउँपालिका वडा नम्बर ६ अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत बजेटबाट सञ्चालन गरिएको वडा अध्यक्षसँग अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिला कार्यक्रममा न्यानो कपडा वितरण गरिएको छ।आज दिउसो वडा अध्यक्ष श्री बबरजंग शाहीज्यूले वडा भित्रका अपाङ्गता भएका ८ जना, एकल महिला ३५ जना, ज्येष्ठ नागरिक ५७ जना तथा क्षेत्र तोकिएका ज्येष्ठ […]

Continue Reading

सोरु गाउँपालिकामा विकास सहकार्यबारे महत्वपूर्ण बैठक सम्पन्न

मुगु।सोरु गाउँपालिकामा पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।आज सोरु गाउँपालिका, मुगुमा आयोजित उक्त बैठकमा पालिकाभित्र सञ्चालनमा रहेका तथा आगामी दिनमा सञ्चालन हुने विकास परियोजनाहरूको विषयमा विस्तृत छलफल गरिएको हो।बैठकमा परियोजनाको प्रभावकारिता, पारदर्शिता, समुदायको सहभागिता तथा दीगो विकासका पक्षहरूमा केन्द्रित रही सल्लाह–सुझाव आदानप्रदान गरिएको बताइएको छ।बैठकलाई सम्बोधन गर्दै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर […]

Continue Reading

सोरुमा विद्यार्थी बिरामी पर्न थाले”

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा पछिल्लो समय मौसमी रुघाखोकी प्रकृतिका बिरामी देखिन थालेपछि अभिभावक, शिक्षक र स्थानीयवासीहरू चिन्तित बनेका छन्। विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको युवा वर्ष आधारभूत विद्यालयका विद्यार्थीहरू यस प्रकारका बिरामीबाट प्रभावित हुन थालेका छन्।विद्यार्थीहरूमा रुघाखोकीसँगै उच्च ज्वरो आउने, घाँटी दुख्ने, शरीर रिगटा लाग्ने र जोर्नी दुख्ने जस्ता लक्षण देखिन थालेपछि विद्यालयको […]

Continue Reading

अब केही गर्न सक्छ्न सोरुका महिला

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने डल कुसन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।तालिमका क्रममा सहभागी महिलाहरूले लभ कुसन, पाण्डा, खरायो र हाँसजस्ता विभिन्न आकर्षक डल कुसनहरू तयार गरेका छन्। तालिमपछि प्रतिक्रिया दिँदै प्रशिक्षार्थी पूर्णदेबी बुमीले यस तालिमले आफूहरूमा आत्मविश्वास बढाएको बताउँदै, “अब हामी केही […]

Continue Reading

सोरुका १८ सामुदायिक बन संरक्षणका लागि सरोकारवालाबीच योजना तर्जुमा गोष्ठी

रुख रोपौं, बन जोगाऔं भन्ने मूल नाराका साथ सब–डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी सोरुमा सम्पन्न भएको छ।डिभिजन बन कार्यालय मुगु तथा सब–डिभिजन बन कार्यालय सोरुकोटको संयुक्त आयोजनामा गोष्ठी आज सोरुमा सम्पन्न भएको हो। सो कार्यक्रमबारे सब–डिभिजन बन कार्यालय सोरुकोट मुगुमा कार्यरत बन रक्षक खड्कराज मल्लले जानकारी दिनुभएको छ।आर्थिक वर्ष २०८२/८३ का लागि वन संरक्षण, व्यवस्थापन […]

Continue Reading

सोरु गाउँपालिकामा महिलाहरूका लागि १० दिने उद्यमशीलता सिप विकास तालिम सुरु

‎मुगु जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले १० दिने उद्यमशीलता सिप विकास तालिम सुरु गरिएको छ। उपाध्यक्षको पहलमा सञ्चालन गरिएको लघु उद्यम सिप विकास तालिम गाउँपालिकाको सभा हलमा आज एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।‎तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले ब्यानर वाचन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै […]

Continue Reading

१६ दिने लैङ्गिक हिंसा विरुद्दको अभियान सोरु गाउँपालिकामा सम्पन्न

मुगु।“मानव अधिकार हामी सबैको अपरिहार्य आधार”, “मानव अधिकार तथा प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित मुगुको सोरु गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुस्पा मल्लका अनुसार हक–अधिकार सम्बन्धी सचेतना, लैङ्गिक समानता तथा सबै खाले हिंसा र भेदभाव अन्त्यका लागि सामुदायिक […]

Continue Reading

बालबिबाह न्यूनीकरण सम्बन्धि सोरुमा बाल कचहरी

मुगु-सोरु गाउँपालिकामा बाल अधिकार संरक्षण, बालबिबाह नियन्त्रण र बालश्रम रोकथामका विषयमा पालिका स्तरीय बाल कचहरी सम्पन्न गरिएको छ। गुड नेबर्स इन्टरनेशनल नेपाल र किडार्क नेपालको आयोजनामा तथा महिला विकास शाखा र विद्यालयहरूको साझेदारीमा आईतवार पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा सोरु गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधिहरू सहभागी थिए। कचहरीमार्फत बालबालिकासँग दोहोरो अन्तरक्रिया गरिएको […]

Continue Reading

बालबिबाह न्यूनीकरण सम्बन्धि सोरुमा बाल कचहरी

मुगु-सोरु गाउँपालिकामा बाल अधिकार संरक्षण, बालबिबाह नियन्त्रण र बालश्रम रोकथामका विषयमा पालिका स्तरीय बाल कचहरी सम्पन्न गरिएको छ। गुड नेबर्स इन्टरनेशनल नेपाल र किडार्क नेपालको आयोजनामा तथा महिला विकास शाखा र विद्यालयहरूको साझेदारीमा आईतवार पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा सोरु गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधिहरू सहभागी थिए। कचहरीमार्फत बालबालिकासँग दोहोरो अन्तरक्रिया गरिएको […]

Continue Reading