बालबिबाह न्यूनीकरण सम्बन्धि सोरुमा बाल कचहरी

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा समाज

मुगु-सोरु गाउँपालिकामा बाल अधिकार संरक्षण, बालबिबाह नियन्त्रण र बालश्रम रोकथामका विषयमा पालिका स्तरीय बाल कचहरी सम्पन्न गरिएको छ। गुड नेबर्स इन्टरनेशनल नेपाल र किडार्क नेपालको आयोजनामा तथा महिला विकास शाखा र विद्यालयहरूको साझेदारीमा आईतवार पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सोरु गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधिहरू सहभागी थिए। कचहरीमार्फत बालबालिकासँग दोहोरो अन्तरक्रिया गरिएको किडार्क नेपाल, मुगुका कार्यक्रम संयोजक कर्णजङ्ग शाहिले बताउनुभयो। उहाँका अनुसार अध्ययनले राराछायानाथ नगरपालिकामा करिब ५० प्रतिशत बालबिबाह हुने गरेको तथ्य सार्वजनिक गरेको छ भने जिल्लाको केही क्षेत्रहरूमा बालश्रमको समस्या यथावत् रहेको छ।
कचहरीलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले, अन्य ठाउँको तुलना गर्दा सोरुमा बालबिबाहका घटना न्यून रहेको बताउनुभएको छ। विद्यालय, बालक्लब र अभिभावकको सक्रियता सन्तोषजनक रहेको उल्लेख गर्दै अध्यक्ष शाहीले पालिकाले निरन्तर अनुगमन गर्दै आएको र आगामी शैक्षिक सत्रदेखि अझ व्यवस्थित मूल्यांकन प्रणाली लागू गरिने जानकारी दिनुभयो।
बालबिबाह रोकथामका विषयमा बालक्लबका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष शाहीले तथ्यांक संकलन, चेतनामूलक पहल र अन्त्यमा नियमको अवहेलनामा पालिकाबाट प्राप्त सेवा–सुविधा रोक्ने व्यवस्था लागू गरिने स्पष्ट पार्नुभयो।
त्यसैगरी वडाध्यक्षहरूले पालिकाले बालबालिका, दलित, महिला र अपाङ्गता क्षेत्रका कार्यक्रम राज्यका नीति अनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको बताएका छ्न। तर पालिकाभित्रभन्दा बाहिरी क्षेत्रमा बालश्रम र श्रमसोसण समस्या देखिने भएकाले अभिभावक र समुदायको साझा ध्यान आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा चार विद्यालयका बालक्लबका सहभागीको सहभागी रहेका थिए। सहभागी बालबालिकाले समुदायमा देखिने बालबिबाह, बालश्रम र बाल अधिकारसम्बन्धी समस्याबारे आफ्ना धारणा राख्दै समाधानका उपायहरू अपनाउन सरोकारवालासंग आग्रह गरेका छ्न।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही,प्रमुख प्रसासकिय अधिकृत सिंहराज डाँगी,वडाअध्यहरु,कार्यपालिका सदस्य,शिक्षा,शाखा प्रमुख,स्वास्थ्य शाखा प्रमुख,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख,संस्थाका प्रतिनिधि, एन्जियो डेक्स संयोजक,पत्रकार लगायत अन्य शिक्षकहरुको सहभागिता रहेको थियो।

Leave a Reply