बाजुराको जगन्नाथ गाउँपालिकामा बस दुर्घटना, घाइतेहरूको अवस्था सामान्य

बाजुरा—हुम्लाबाट सुर्खेत जादैँ गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना भएको छ । बिहीवार दिउँसो कर्णाली करिडोर राजमार्ग अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै बस दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हुम्लाबाट सुर्खेत जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा २३ जना सवार […]

Continue Reading

दशैं नजिकिँदै खसी–बोका भित्रिने क्रम तीव्र, सरसफाइमा ध्यान दिन आग्रह

‎मुगु — दशैं नजिकिँदै जाँदा मुगुको सोरु गाउँपालिकामा खसी–बोका भित्रिने क्रम तीव्र बनेको छ। गाउँपालिकाको विभिन्न क्षेत्रमा खुला स्थानमा खसी बोका राख्दा फोहोर बढिरहेको स्थानीयले बताएका छन्।‎सोरु गाउँपालिका पशुपन्छी विकास शाखाका शाखा प्रमुख पुर्ण बहादुर सेजुवालले मासु सेवन गर्दा विशेष सतर्कता अपनाउन उपभोक्तालाई आग्रह गर्नुभयो। उहाँका अनुसार मासु अनिवार्य रूपमा जाँच गरी मात्र सेवन गर्नुपर्ने, […]

Continue Reading

सोरु गाउँपालिकामा जी एस एसको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

‎मुगु, असार २० सन्तोष प्रसाद जोशी “सुसाशीत संस्था, समुन्नत समाज” भन्ने मूल नारासहित मुगुको सोरु गाउँपालिकामा एक दिने वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। शिक्षा तथा अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्दै आएका संस्थाहरूको सहकार्यमा आयोजित गोष्ठी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। ‎गोष्ठी यु.एम.एन. मुगुको सहयोगमा तथा ग्रामीण सामुदायिक संस्था (GSS)को समन्वय र सहजीकरणमा […]

Continue Reading

स्वामीकार्तिक खापर गाउँपालिकामा धान दिवस भव्यताका साथ सम्पन्न, प्याज कृषकलाई प्याकेजिङ र ढुवानी सहयोग

सन्तोष प्रसाद जोशी ‎बाजुरा, असार १५ – ‎बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले यस वर्ष पनि राष्ट्रिय धान दिवस उत्साहका साथ मनाएको छ। ‘धान दिवस, कृषकको सम्मान’ भन्ने नाराका साथ हरेक वर्ष असार १५ गते मनाइने धान दिवस स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को काम्तीमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो। ‎‎गाउँपालिका अध्यक्ष भरत बहादुर […]

Continue Reading

‎अपांगता भएका व्यक्तिको जीवनस्तर उकास्न सोरु गाउँपालिकामा सल्लाकार बैठक सम्पन्न

‎मुगु, असार १४ सन्तोष प्रसाद जोशी मुगु जिल्लाको सोरु गाउँपालिकामा अपांगता भएका व्यक्तिको हकहित, अभिवृद्धि र जीवनस्तर सुधारका लागि विशेष सल्लाकार बैठक सम्पन्न भएको छ। शनिबार दिउँसो INF द्दारा आयोजित बैठकमा सामाजिक विकास मन्त्री पृथ्वी बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगी प्रमुख अथिति रहनुभएको थियो।‎‎बैठकमा २०८० सालको श्रावण महिनादेखि सोरु गाउँपालिकामा अपांगता […]

Continue Reading

अदानचुली गाउँपालिकाले ३४ करोड ३७ ‎लाख ९९ हजार ७२३ विनियोजन गर्‍यो ।

‎हुम्ला जिल्लाको आदानचुली गाउँपालिकामा १६ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको गाउँसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी विकास योजनाको खाका सार्वजनिक गरेको हो।  विनियोजित बजेटबाट आगामी  आर्थिक बर्षमामा संचालन गरिने मुख्य कार्यक्रमहरू र विनियोजित बजेट विवरण प्रस्तुत गरिएको हो ।‎ आगामी आ. […]

Continue Reading

सोरु गाउँपालिकाको ५७ करोडको बजेट: एकल पुरुषका लागि भत्ता, स्वयंसेवक शिक्षकलाई ३० हजार तलब

सन्तोष प्रसाद जोशी मुगु — आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मुगुको सोरु गाउँपालिकाले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। सेवा प्रवाह, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र विद्युतलाई विशेष प्राथमिकतामा राख्दै बजेटको रूपरेखा तयार गरिएको हो।गाउँसभामा प्रस्तुत गरिएको मुख्य नीति तथा कार्यक्रममार्फत सभाध्यक्ष धर्म बहादुर […]

Continue Reading