बिछ्याको कठोर पहाडमा आशाको उदय : नरेश शाहीको पहलपछि सरकारी पाइला पुगेपछि झिनो आशा पलायो बिछ्याबासीको

बाजुरा—देशको नक्सामा परे पनि राज्यको उपस्थितिले दशकौँसम्म नछोएको ठाउँ—हिमाली गाउँपालिकाको बिछ्या। जहाँ विकास शब्द सुन्ने भाग्य पनि धेरैलाई मिलेन। सडक, बत्ती, पानी, स्वास्थ्य—सबै अभावको गाँठोमा गाँसिएर बिछ्याबासीले जीवन बिताइरहेका थिए। बिरामी परे चार घन्टा पिठ्युँमा बोकेर ल्याउनुपर्ने, बालबालिकाले विद्यालय पुग्न बिहानै हिँडेर साँझ फर्किनुपर्ने, रात परेपछि घरभित्र बत्ती होइन, अँध्यारोको मात्र राज्य। बिछ्या वर्षौंदेखि पीडाको […]

Continue Reading

बिच्छ्या खोलाको आकस्मिक बाढीले गाउँ र खेत उजाड

बाजुरा — हिमाली गाउँपालिका–१ अन्तर्गतको बिच्छ्या खोलामा आएको आकस्मिक बाढीले गाउँको मुटु चिरिदिएको छ। लगातारको अविरल वर्षापछि खोलाको पानी असामान्य उर्लिंदै बस्ती र खेतीयोग्य जमिनमा पसेपछि, स्थानीयहरूको जीवन एकैछिनमा अस्तव्यस्त बनेको हो। खोलाकिनारका खेतहरू माटोको सुगन्धसहित हराभरा थिए, तर अहिले त्यहाँ बगर र ढुंगामात्र बाँकी छन्। गाउँको हाँसो र खेतबारीको हरियाली बाढीको वेगसँगै बगेर गएको […]

Continue Reading

बाजुराको विकट बिच्छ्याँमा खाद्य बिक्री केन्द्र स्थापना

बाजुरा, जेठ ३२ –बाजुराको सर्वाधिक विकट मानिने बिच्छ्याँ क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिका लागि पहिलो पटक खाद्य संस्थानको बिक्री केन्द्र स्थापना गरिएको छ। हिमाली गाउँपालिका–१ मा स्थापना गरिएको यस केन्द्रले अब त्यहाँका स्थानीयलाई राहत दिएको छ। यसअघि बिच्छ्याँका बासिन्दाले चामल किन्नको लागि तीन दिनसम्म हिँडेर कुवाडी पुग्नुपर्ने बाध्यता थियो। चिसो मौसम, अप्ठ्यारो बाटो, भारी बोकेर हिँड्नुपर्ने […]

Continue Reading

बाजुराका दुई गाउँपालिकालाई एम्बुलेन्स उपहार

बाजुराका दुई गाउँपालिका, खप्तड छेडेदह र हिमाली गाउँपालिकाले एम्बुलेन्स उपहार स्वरूप पाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा नेपालस्थित भारतीय दूतावासले खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। एम्बुलेन्स खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विष्णुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले ग्रहण गर्नुभयो। उपाध्यक्ष नाथले नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स […]

Continue Reading

उज्यालोले चम्कियो बाजुराको अति विकट गाउँ धिम

बाजुराको अति विकट मानिने हिमाली गाउँपालिकास्थित धिम गाउँमा पहिलोपटक बिजुली पुगेको छ। गाउँपालिकाकै ठूलो बस्तीमध्ये एक धिममा वर्षौँदेखिको स्थानीयको सपना पूरा भएको हो। कुवाडी खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको सहयोगमा लाइन विस्तार भएपछि वडा नम्बर ६ मा पर्ने धिम गाउँ झिलिमिली बनेको छ। बिजुलीको पहुँचसँगै धिम गाउँका २७३ घरधुरीका करिब १,४०० जनसंख्या लाभान्वित भएका छन्। पुस्तौँदेखि […]

Continue Reading