अब केही गर्न सक्छ्न सोरुका महिला

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने डल कुसन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।तालिमका क्रममा सहभागी महिलाहरूले लभ कुसन, पाण्डा, खरायो र हाँसजस्ता विभिन्न आकर्षक डल कुसनहरू तयार गरेका छन्। तालिमपछि प्रतिक्रिया दिँदै प्रशिक्षार्थी पूर्णदेबी बुमीले यस तालिमले आफूहरूमा आत्मविश्वास बढाएको बताउँदै, “अब हामी केही […]

Continue Reading

१६ दिने लैङ्गिक हिंसा विरुद्दको अभियान सोरु गाउँपालिकामा सम्पन्न

मुगु।“मानव अधिकार हामी सबैको अपरिहार्य आधार”, “मानव अधिकार तथा प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित मुगुको सोरु गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुस्पा मल्लका अनुसार हक–अधिकार सम्बन्धी सचेतना, लैङ्गिक समानता तथा सबै खाले हिंसा र भेदभाव अन्त्यका लागि सामुदायिक […]

Continue Reading

बालबिबाह न्यूनीकरण सम्बन्धि सोरुमा बाल कचहरी

मुगु-सोरु गाउँपालिकामा बाल अधिकार संरक्षण, बालबिबाह नियन्त्रण र बालश्रम रोकथामका विषयमा पालिका स्तरीय बाल कचहरी सम्पन्न गरिएको छ। गुड नेबर्स इन्टरनेशनल नेपाल र किडार्क नेपालको आयोजनामा तथा महिला विकास शाखा र विद्यालयहरूको साझेदारीमा आईतवार पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा सोरु गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधिहरू सहभागी थिए। कचहरीमार्फत बालबालिकासँग दोहोरो अन्तरक्रिया गरिएको […]

Continue Reading

बालबिबाह न्यूनीकरण सम्बन्धि सोरुमा बाल कचहरी

मुगु-सोरु गाउँपालिकामा बाल अधिकार संरक्षण, बालबिबाह नियन्त्रण र बालश्रम रोकथामका विषयमा पालिका स्तरीय बाल कचहरी सम्पन्न गरिएको छ। गुड नेबर्स इन्टरनेशनल नेपाल र किडार्क नेपालको आयोजनामा तथा महिला विकास शाखा र विद्यालयहरूको साझेदारीमा आईतवार पालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा सोरु गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधिहरू सहभागी थिए। कचहरीमार्फत बालबालिकासँग दोहोरो अन्तरक्रिया गरिएको […]

Continue Reading

पढाइ छाडेर दुई वर्ष भारत पसेका लोकेन्द्र बोहराले नेपाल फर्केर एकै वर्ष ७ ठाउँमा लोक सेवा पास गरे

‎९ कक्षामा पढाइ छाडेर भारत गएका अछामका २३ वर्षीय युवकले एकै वर्ष सात ठाउँमा लोक सेवा आयोगको परीक्षा पास गरेका छन् ।‎दुई वर्ष भारतमा मजदुरी गरेर फर्केका उनले हेल्थ असिस्टेन्ट (एचए) को पढाइ सकेर लोक सेवाको तयारी गरेका थिए । २०८१ पुसदेखि भदौसम्म उनले आयोगको सात ठाउँमा नाम निकालेका छन् ।‎मंगलसेन नगरपालिका—४ नवबीसका २३ वर्षीय […]

Continue Reading

मुगुको सोरु गाउँपालिकामा अपांगता समावेशीकरणबारे अभिमुखिकरण, सेवा–सुविधा सबैलाई पुग्ने वातावरण निर्माण गर्न जोड

‎मुगु — सोरु गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूका समस्या, आवश्यकता र समावेशी सेवासम्बन्धी विषयमा आज गाउँपालिकामा अनौपचारिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले अपांगता भएका नागरिकलाई राज्यले दिएको सेवा–सुविधाबाट कोही पनि बन्चित नहोस् भन्ने उद्देश्यलाई विशेष प्राथमिकता दिएको छ।‎कार्यक्रममा वडा नं. ६ का अपांगता संजाल सदस्य रुप बहादुर शाहीले भिरालो र दुर्घटना जोखिमयुक्त बाटोका कारण आवतजावत […]

Continue Reading

रेडियो बुढिनन्दाकाे दोस्रो अधिवेशन सम्पन्न, अनिल शाही अध्यक्षमा निर्विरोध चयन ।

‎बाजुरा — बाजुराको कोल्टीस्थित संचालित सामुदायिक रेडियो बुढिनन्दा ९६.५ मेगाहर्जको दोस्रो अधिवेशन शनिबार काेल्टीमा सफलतापूर्वक सम्पन्न भएको छ। नौ वर्षदेखि दुरदराजका आवाजहरूलाई बुलन्द पार्दै आ-इरहेको सामुदायिक रेडियो बुढिनन्दाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/८२ को सम्पूर्ण आय–व्यय विवरण सहित वार्षिक समीक्षा गर्दै अधिवेशन सम्पन्न गरेको हो।‎अधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ। अध्यक्ष पदमा अनिल बहादुर शाही […]

Continue Reading

‎सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी टावर स्थापनाका लागि अध्यक्ष शाहीले सम्झौता

‎मुगु जिल्लाको सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी (4G) मोबाइल टावर स्थापना हुने भएको छ। लामो समयदेखि उच्चगति इन्टरनेट र गुणस्तरीय मोबाइल सेवा पर्खिरहेका स्थानीय बासिन्दाका लागि यो खुसीको समाचार बनेको छ।‎‎गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको सक्रिय पहल र निरन्तर समन्वयपछि नेपाल टेलिकमको केन्द्रीय कार्यालयले सोरुमा फोर–जी टावर निर्माणका लागि आवश्यक प्राविधिक स्वीकृति प्रदान गरेको हो। टेलिकम […]

Continue Reading

सोरुकोट बजारमा सनसाइन स्कुलद्वारा सरसफाइ

‎मुगु – मुगुको सोरु गाउँपालिका केन्द्र सोरुकोट बजारमा अवस्थित सनसाइन ईङ्लिस मेडियम बोर्डिङ स्कुलले शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ‘सार्वजनिक स्थान सफा राखौं, सभ्य नागरिकको चिनारी देखाऔं’ भन्ने मुल नाराका साथ विद्यालयले बजार सरसफाइ अभियान सञ्चालन गरेको हो।‎‎शुक्रबारीय सरसफाइको अवसर पार्दै विद्यालयका विद्यार्थी, शिक्षकहरु सरसफाइ कार्यमा सहभागी भएका थिए। गाउँपालिकाको मुख्य गेटदेखि बजारको परिक्रमा […]

Continue Reading

क्याम्पस प्रमुखको जिम्मेवारी जोशीलाई

ह्याप्पी खबर शम्भुनाथ बहुमुखी क्याम्पसको प्रमुख पदमा नहकुल जोशीलाई जिम्मेवारी दिइएको छ। हालै मान्यता प्राप्त उक्त क्याम्पसको पहिलो प्रमुखको रूपमा जोशीले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो। विगत लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आवद्ध रहेका जोशी हाल स्थायी शिक्षकको रूपमा सेवा दिँदै आउनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं ४ का स्थानीय बासिन्दा समेत रहनुभएका उहाँलाई […]

Continue Reading