बाजुरा—हुम्लाबाट सुर्खेत जादैँ गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना भएको छ । बिहीवार दिउँसो कर्णाली करिडोर राजमार्ग अन्तर्गत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हुम्लाबाट सुर्खेत जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा २३ जना सवार रहेका थिए ।
उक्त दुर्घटनामा परी ३ जना यात्रु घाइते भएका छन् भने अन्य यात्रु सकुसल रहेको जनाएको छ । घाइते हुनेहरुमा मुगुको रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेखको दुल्लु नगरपालिका–२ की दिपा सोनाम र बाजुराको जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरुको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहको प्रहरीले जनाएको छ ।
