दशैं नजिकिँदै खसी–बोका भित्रिने क्रम तीव्र, सरसफाइमा ध्यान दिन आग्रह

कर्णाली प्रदेश मुख्य समाचार स्वास्थ्य

‎मुगु — दशैं नजिकिँदै जाँदा मुगुको सोरु गाउँपालिकामा खसी–बोका भित्रिने क्रम तीव्र बनेको छ। गाउँपालिकाको विभिन्न क्षेत्रमा खुला स्थानमा खसी बोका राख्दा फोहोर बढिरहेको स्थानीयले बताएका छन्।
‎सोरु गाउँपालिका पशुपन्छी विकास शाखाका शाखा प्रमुख पुर्ण बहादुर सेजुवालले मासु सेवन गर्दा विशेष सतर्कता अपनाउन उपभोक्तालाई आग्रह गर्नुभयो। उहाँका अनुसार मासु अनिवार्य रूपमा जाँच गरी मात्र सेवन गर्नुपर्ने, राम्रोसँग पकाएर मात्र खाने र चौपाया ओसारपसार गर्दा क्वारेन्टाइन परीक्षण अनिवार्य गर्ने व्यवस्था पालना गर्न उहाँले आग्रह गर्नुभयो।
‎“हाम्रो सानो सावधानीले सबैको ठूलो सुरक्षा हुने उहाँको भनाई छ ।उहाँले सरसफाइमा ध्यान दिए मात्र जुनोटिक रोग (पशुबाट मानवमा सर्ने रोग) को जोखिमबाट बच्न सकिने बताउनुभयो।
‎दशैं–तिहारको बेला खसी–बोका बिक्री वितरण र उपभोग बढ्ने भएकाले गाउँपालिकाले जनस्वास्थ्य र पशु स्वास्थ्यलाई जोड दिँदै सचेतना बढाएको छ।

Leave a Reply