रेडियो बुढिनन्दाकाे दोस्रो अधिवेशन सम्पन्न, अनिल शाही अध्यक्षमा निर्विरोध चयन ।

बुढीनन्दा नगरपालिका मुख्य समाचार शिक्षा सुदूरपश्चिम प्रदेश स्वामीकार्तिक खापर गाउँपालिका

‎बाजुरा — बाजुराको कोल्टीस्थित संचालित सामुदायिक रेडियो बुढिनन्दा ९६.५ मेगाहर्जको दोस्रो अधिवेशन शनिबार काेल्टीमा सफलतापूर्वक सम्पन्न भएको छ। नौ वर्षदेखि दुरदराजका आवाजहरूलाई बुलन्द पार्दै आ-इरहेको सामुदायिक रेडियो बुढिनन्दाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/८२ को सम्पूर्ण आय–व्यय विवरण सहित वार्षिक समीक्षा गर्दै अधिवेशन सम्पन्न गरेको हो।
‎अधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ। अध्यक्ष पदमा अनिल बहादुर शाही निर्विरोध चयन हुनुभएको छ। पत्रकारिता विषयमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शाहीले विगत १८ वर्षदेखि स्थानीयदेखि राष्ट्रिय मिडिया क्षेत्रमा सक्रिय रहँदै दुर्गम समुदायका आवाजलाई निरन्तर उजागर गर्दै आउनुभएको छ।
‎रेडियो बुढिनन्दाका स्थापक सचिव,  हुँदै प्रबन्ध निर्देशकका रूपमा ९ वर्ष जिम्मेवारी सम्हालिसकेका शाही समाजवादी प्रेस संगठन नेपालमा भारी मतले केन्द्रिय सचिव तथा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश परिषद सदस्य समेत रहनुभएको छ। उहाँको कार्यशैली, लेखन क्षमता र व्यवस्थापकीय नेतृत्व समुदायमा उच्च रूपमा सराहना गरिँदै आएको छ।
‎अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा युवा राजनीतिज्ञ तथा कुशल व्यवसायी रत्नचन्द्र जोशी, कोषाध्यक्षमा कल्पना लुवार, तथा सदस्यमा अग्निराज शाही, नहकुल जोशी, नविन कुमार शाही र सञ्जय रोकाया निर्विरोध चयन हुनुभएको निर्बाचन अधिकृत कुमेर बहादुर शाहीले जानकारी दिनुभयो। संचालक समिति सचिवका लागि भने कार्यसमितिले मनाेनित गर्ने कार्यविधि रहेकाे हुँदा आगामी बैठकले मनानित गर्ने बताईएकाे छ ।
‎अधिवेशनले रेडियोको भूमिका अझ प्रभावकारी बनाउन, ग्रामीण सूचना पहुँच विस्तार गर्न तथा कार्यक्रम उत्पादनमा गुणस्तर बढाउने योजनाहरू अघि सारिएको पनि जनाएको छ।
‎दुरदराजका समुदायका आवाजलाई मुख्यधारमा ल्याउँदै आएको सामुदायिक रेडियो बुढिनन्दा ९६.५ मेगाहर्जप्रति स्थानीयले निरन्तर विश्वास र अपेक्षा व्यक्त गर्दै आएका छन्। निबर्तमान अध्यक्ष जनेश भण्डारीको अध्यक्षतामा समपन्न भएको अधिबेशनमा प्रमुख अथिति नेकपा समाजबादी पार्टी बाजुराका अध्यक्ष पुर बहादुर राबत रहनुभएको थियो। विशिष्ट अतिति एच आर सि बाजुराका सचीव अग्निराज शाही, शम्भुनाथ बहुमुखि क्याम्पसका अध्यक्ष कर्णविर बुढा  रेडियो हाम्रो कर्णाली १०४.१ मेगाहर्जका स्टेशन म्यानेजर तथा मुगुको सोरु गाउँपालिकाका प्रेश सल्लाहाकार सन्तोष प्रशाद जैशी लगाएत अतिथि रहनु भएकाे थियो। अधिवेशनमा उत्कृष्ट काम गर्ने  रेडियाेका कार्यक्रम प्रमुख सर्मिला राेकाया, निबर्तमान कार्यक्रम संयोजक सन्तोष प्रशाद जैशी प्राबिधिक प्रमुख नैन बहादुर शाही मिलन शाही र राेशन शाही सम्मानित हुनुभएकाे छ ।‎त्यस्तै निर्बाचन अधिकृत कुमेर बहादुर शाही,निर्बाचन सदस्य राजनराज रेग्मी,रोशन शाही रहनुभएको थियो।

Leave a Reply