लिमिबाट कैलाश मानासरोवरको दर्शन सुरु,तर पर्यटकीय सम्भावना अझै ओझेलमा
हुम्ला, जेठ २२ – हुम्लाको अति दुर्गम उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने लिमी उपत्यकाको लोलुङ गाउँबाट पवित्र कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ। वैशाखको दोस्रो साता बाटो खुलेसँगै जेठको पहिलो सातादेखि आन्तरिक पर्यटकहरू लिमी पुग्न थालेका छन्।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार, न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुल्नासाथ भक्तजन र साहसिक पर्यटकहरूको चहलपहल सुरु भएको हो। “यो क्षेत्र धार्मिक र प्राकृतिक हिसाबले अत्यन्त महत्त्वपूर्ण छ,” अध्यक्ष लामाले भने, “तर व्यवस्थापनको अभाव र प्रचारप्रसार नहुनुका कारण हाल आन्तरिक पर्यटक मात्र पुगिरहेका छन्।”कैलाश मानसरोवरको स्पष्ट दर्शन गर्न लिमी उपत्यकाबाट असाध्यै सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। विशेषगरी जेठदेखि कात्तिक महिनासम्मको समय उपयुक्त मानिन्छ। त्यसपछि हिउँदयाम सुरु हुने भएकाले बाटोहरू बन्द हुने गर्दछन्।
कैलाश मानसरोवरको स्पष्ट दर्शन गर्न लिमी उपत्यकाबाट असाध्यै सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। विशेषगरी जेठदेखि कात्तिक महिनासम्मको समय उपयुक्त मानिन्छ। त्यसपछि हिउँदयाम सुरु हुने भएकाले बाटोहरू बन्द हुने गर्दछन्।नाम्खा वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, “लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देखिन्छ। हिउँ पन्छिएपछि अहिले चहलपहल बढ्न थालेको छ।” उनले सडक स्तरोन्नति भएमा सिमकोट–लिमी मार्ग हिल्सा हुँदै मानसरोवर जाने भन्दा पनि अझ सहज र छोटो हुने दाबी गरे।सदरमुकाम सिमकोटदेखि लिमी उपत्यका करिब १०५ किलोमिटर टाढा पर्दछ। गाडीमार्फत एक दिनमा लिमी पुग्न सकिन्छ भने पैदल यात्रा गर्न चार दिन लाग्छ। हिमाली भेगको कठिन भूगोल भए पनि यहाँको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले लिमीलाई विशेष बनाएको छ।
सदरमुकाम सिमकोटदेखि लिमी उपत्यका करिब १०५ किलोमिटर टाढा पर्दछ। गाडीमार्फत एक दिनमा लिमी पुग्न सकिन्छ भने पैदल यात्रा गर्न चार दिन लाग्छ। हिमाली भेगको कठिन भूगोल भए पनि यहाँको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले लिमीलाई विशेष बनाएको छ।
लिमी उपत्यकामा यात्रा गर्न चाहने पर्यटकले अनिवार्य रूपमा टेन्ट, खानेकुरा, वाटरप्रुफ ज्याकेट, ट्रेकिङ सुज, झोला, न्यानो कपडा, लौरो तथा आवश्यक औषधिहरू तयारीसाथ लैजानुपर्छ।
धार्मिक दृष्टिले महत्वपूर्ण कैलाश मानसरोवर नेपाली भूमिबाटै देखिने विरलै स्थानहरूमा लिमी पर्छ। तर सरकारी तहमा प्रवर्द्धन र पूर्वाधार विकासको कमीले यस क्षेत्रले अझैसम्म पर्यटकीय गन्तव्यको रूपमा आफ्नो पहिचान बनाउन सकेको छैन।
स्थानीय तहको पहल र केन्द्र तथा प्रदेश सरकारको ध्यान जाने हो भने लिमी उपत्यका धार्मिक यात्राका लागि मात्र नभई साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनको उत्कृष्ट केन्द्र बन्न सक्छ।