स्वामीकार्तिक खापर गाउँपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा

मुख्य समाचार स्वामीकार्तिक खापर गाउँपालिका स्वास्थ्य

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकालाई शुक्रबार  पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ५ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । 
पालिकाका ५ वटै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । 
गाउँपालिकाका ५ वडामा अनुगमन गर्दा जन्मेदेखि १५ महिनाका २  सय २१ बालबालिका र १६ महिनादेखि ५९ महिनाका ६ सय ५४ जना बालबालिकाहरु नियमित रुपमा खोप पाइरहेकाले पूर्ण खोप सुनिश्चितता  दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख भक्त बहादुर कैलाले जानकारी दिनुभयो ।
पालिकामा बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने पुरा खोप पाइरहेकाले बच्चाहरु कोही पनि खोपबाट बञ्चित नभएको शाखा प्रमुख कैलाले बताउनुभयो। 
स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि स्वामीकार्तिक खापर गाउँपालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख कैलाले बताउनुभयो ।
गाउँपालिकामा ८ सय ७५ जना बालबालिकालाई आवश्यक सबै नियमित खोप पाइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाले बताउनुभयो  । बालबालिकाले उमेर समुह अनुरुप पाउनु पर्ने पूर्ण खोप झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी रहेको स्वास्थ्य कर्मीले बताउँछन।
यहाँका बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा पूर्ण खोप अभियानलाई सफल भएको  गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

Leave a Reply