कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

मुख्य समाचार सडक सवारी सुदूरपश्चिम प्रदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा  यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ना ७ ख ६१८२ नम्बरको बस शनिबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कृष्णपुर नगरपालिका–५ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका बोहरालाई उपचारका लागि वाणी अस्पतालमा पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उहाँको मृत्यु भएको डीएसपी बोहराले बताउनुभयो।
बसमा सवार अन्य चार जना सकुशल रहेको र वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।
उक्त बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ गइरहेको थियो।

Leave a Reply