बाजुरा — सदरमुकाम मार्तडीबाट पूर्वी–उत्तरी भेग कोल्टीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ। शनिबार दिउँसो बुढीनन्दा नगरपालिका–१० पाण्डुसैन नजिकै भे १ च ७८७ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले बताउनुभयो, दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा गौमुल गाउँपालिका–६ सटेडाका अन्दाजी २१ वर्षीय चालक तुलाराम चदारा,बडीमालिका नगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय संकरराज जैशी,बुढीनन्दा–१ का अन्दाजी ५३ वर्षीय जंगविर सार्की,करे सेटे लुहार,अन्दाजी ४४ वर्षीय जयलाल विक, रबडीमालिका–७ का अन्दाजी ३२ वर्षीय जयराज जैशी रहेको प्रहरी निरीक्षक भाटले जानकारी दिनुभयो।
उहाँका अनुसार, दुर्घटनामा घाइते भएकाहरूको हात, खुट्टा र टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।
“सबै घाइतेको अवस्था सामान्य रहेको र चालक बाहेक अन्य पाँच जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको छ,” प्रहरी निरीक्षक भाटले बताउनुभयो।

