अध्यक्ष शाहीको विशेष पहलमा ४ करोड ९९ लाख बजेट आयो

मुगु जिल्लाको सोरु गाउँपालिकामा शिक्षा विकास तथा साक्षरतामूलक कार्यक्रमका लागि ४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीको विशेष पहलमा शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने लक्ष्यसहित यो ठूलो बजेट व्यवस्था गरिएको हो।शिक्षा क्षेत्रमा पहुँच, समावेशीकरण र गुणस्तर सुधार गर्ने उद्देश्यले विनियोजित बजेटले विद्यालय भवन निर्माण, कक्षा कोठा व्यवस्थापन, बाल विकास […]

Continue Reading

काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य होः संस्कृति मन्त्री पाण्डे

काठमाडौं, जेठ ३० — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित दोस्रो हस्तकला प्रवर्द्धन मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हस्तकलाको महत्व र योगदानमाथि प्रकाश पार्दै उक्त कुरा बताउनु भएको हो। “काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो,” मन्त्री पाण्डेले भन्नुभयो, “यहाँका नागरिकले कला र संस्कृतिलाई जीवित […]

Continue Reading

बाजुराको विकट बिच्छ्याँमा खाद्य बिक्री केन्द्र स्थापना

बाजुरा, जेठ ३२ –बाजुराको सर्वाधिक विकट मानिने बिच्छ्याँ क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिका लागि पहिलो पटक खाद्य संस्थानको बिक्री केन्द्र स्थापना गरिएको छ। हिमाली गाउँपालिका–१ मा स्थापना गरिएको यस केन्द्रले अब त्यहाँका स्थानीयलाई राहत दिएको छ। यसअघि बिच्छ्याँका बासिन्दाले चामल किन्नको लागि तीन दिनसम्म हिँडेर कुवाडी पुग्नुपर्ने बाध्यता थियो। चिसो मौसम, अप्ठ्यारो बाटो, भारी बोकेर हिँड्नुपर्ने […]

Continue Reading

बाजुराका दुई गाउँपालिकालाई एम्बुलेन्स उपहार

बाजुराका दुई गाउँपालिका, खप्तड छेडेदह र हिमाली गाउँपालिकाले एम्बुलेन्स उपहार स्वरूप पाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा नेपालस्थित भारतीय दूतावासले खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। एम्बुलेन्स खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विष्णुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले ग्रहण गर्नुभयो। उपाध्यक्ष नाथले नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स […]

Continue Reading

बाजुराको अनाई खोलामा ट्याक्टर बगाउँदा चालक बेपत्ता

बाजुरा, जेठ ३२ ।बाजुराको बडिमालिका नगरपालिका–९ स्थित अनाई खोलाले एक ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्। मार्तडी–कोल्टी सडक खण्डमा परेको खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा यो दुर्घटना भएको हो। प्रारम्भिक जानकारीअनुसार शुक्रबार राति करिब ११ बजे कोल्टीबाट सदरमुकाम मार्तडीतर्फ जाँदै गरेको ट्याक्टर खोलामा खसेर करीब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला […]

Continue Reading

बाजुरामा गर्भवती र सुत्केरीसँग शुल्क असुली, सरकारी निर्देशनको उल्लंघन

बाजुरा, जेठ ३२, २०८२ ।सरकारले निर्धारण गरेको निःशुल्क प्रसूति तथा मातृस्वास्थ्य सेवा नीतिको विपरीत बाजुराका केही स्वास्थ्य संस्थाहरू गर्भवती तथा सुत्केरी महिलाबाट चेकजाँच बापत पैसा उठाउने गरेका छन्। बाजुराको जिल्ला अस्पताल मार्तडी र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले भिडियो एक्सरे जाँचको नाममा प्रत्येक पटक ४ सय रुपैयाँ असुल गर्ने गरेको खुलासा भएको छ। यद्यपि, सरकारले जारी […]

Continue Reading

बुढीनन्दा नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा, बालबालिकाको खोप सुनिश्चिततामा जोड सन्तोष प्रसाद जोशी कोल्टी “पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने मूल नाराका साथ बुढीनन्दा नगरपालिकामा शुक्रबार एक विशेष समारोहका बीच पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर उपप्रमुख रामबहादुर बोहराले पालिकाका दश वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। […]

Continue Reading

उज्यालोले चम्कियो बाजुराको अति विकट गाउँ धिम

बाजुराको अति विकट मानिने हिमाली गाउँपालिकास्थित धिम गाउँमा पहिलोपटक बिजुली पुगेको छ। गाउँपालिकाकै ठूलो बस्तीमध्ये एक धिममा वर्षौँदेखिको स्थानीयको सपना पूरा भएको हो। कुवाडी खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको सहयोगमा लाइन विस्तार भएपछि वडा नम्बर ६ मा पर्ने धिम गाउँ झिलिमिली बनेको छ। बिजुलीको पहुँचसँगै धिम गाउँका २७३ घरधुरीका करिब १,४०० जनसंख्या लाभान्वित भएका छन्। पुस्तौँदेखि […]

Continue Reading

मुगुमा सामुदायिक बन संरक्षण सम्बन्धि गस्ति अवैध खनजोत गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी

सोरु गाउँपालिका २ मा अवस्थित महादेव बुढाकुरिल्ला सामुदायिक बन उपभोक्ता समूह र सोरु सबडिभिजन बन कार्यालयले संयुक्त रूपमा बन संरक्षणका लागि अभियान सञ्चालन गरेका छन । सामुदायिक वनमा अवैध रुपमा हुने विभिन्न क्रियाकलाप रोकथाम गरि सामुदायिक वनको संरक्षणका लागि सामुदायिक बन उपभोक्ता समूह र सबडिभिजन बन कार्यालयले सयूक्त रुपमा गस्ती अभियान सञ्चालन गरेका हुन । […]

Continue Reading

मुगु–सोरु गाउँपालिकामा १० लाख लागतमा एकीकृत सेवा केन्द्र सञ्चालनमा

सन्तोष मुगु, असार २९ – कर्णाली प्रदेशको विकट जिल्ला मुगुको सोरु गाउँपालिकामा एकीकृत सेवा केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकाको लगानीमा करिब १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो सेवा केन्द्रबाट अब स्थानीय बासिन्दाले विविध सरकारी सेवा एकै छानामुनि सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार अबदेखि नागरिकता सम्बन्धी काम, सामाजिक […]

Continue Reading