बाम्का बजारका अग्निपीडितलाई मातृभूमि लघुवित्तको आर्थिक सहयोग

बाजुरा — मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फालासैनले बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट पीडित भएका परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले घटनास्थलमै पुगेर बुधबार १७ जना अग्निपीडितलाई प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले कुल ८५ हजार रुपैयाँ राहतस्वरूप वितरण गरेको हो। शाखा प्रमुख पुष्पा कुमारी शाहका अनुसार, संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत […]

Continue Reading

बाम्का बजारका आगलागी पीडितलाई जगन्नाथ गाउँपालिकाबाट एक लाख रुपैयाँ सहयोग

बाजुरा — बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा हालै भएको भीषण आगलागीबाट पीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि जगन्नाथ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पीडितहरूलाई रु एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाले उक्त सहयोग तत्काल राहतका लागि प्रदान गरिने जनाएको […]

Continue Reading

बाम्का बजारका आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाबाट एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

बाजुरा-बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने भएको छ। आगलागीबाट बाम्का बजारका व्यापारीहरूले ठूलो क्षति बेहोर्नु परेकाले राहतस्वरूप सो रकम सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । आइतबार गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पारसबहादुर शाहीद्वारा […]

Continue Reading

बाम्का बजारमा भीषण आगलागी, ४० बढी पसल जलेर खरानी

बाजुरा —शुक्रबार दिउँसोको एक सामान्य जस्तै लाग्ने दिन, बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा एकाएक ठुलो विस्फोट भयो।४:५५ बजे, नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछिको त्यो आवाजसँगै बजारको शान्ति चिर्दै आगोले पूरै क्षेत्र कब्जा गर्‍यो। मिनेटौंभित्र आगोले बाम्काको मुटु जलाइदियो।बजारको मुख्य भागमा रहेको नवदुर्गा होटलबाट सुरु भएको त्यो भिषण आगलागीले ४० बढी वटा पसलहरू पूर्ण रूपमा […]

Continue Reading

बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनौं पसल जलेर नष्ट

२०८२ जेठ २३ बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। स्थानीय प्रहरी, दमकल र बासिन्दाहरूको निरन्तर प्रयासका बाबजुद बजार क्षेत्रमा फैलिएको आगो नियन्त्रण बाहिर रहेको छ। आगलागी सुरु भएको केहीबेरमै बजारका दर्जनभन्दा बढी साना–ठूला पसलहरू जलेर नष्ट भएका छन्। स्थानीय प्रशासनका अनुसार लाखौंको क्षति भएको अनुमान […]

Continue Reading

स्वामीकार्तिक खापर गाउँपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकालाई शुक्रबार  पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ५ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । पालिकाका ५ वटै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा […]

Continue Reading

बुढीगंगा नगरपालिकामा दुईदिने निःशुल्क आँखा शिविर ६ सय बढिले पाए सेवा

बाजुरा-बुढीगंगा नगरपालिकामा मंगलबारबाट सुरु भएको दुईदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २० र २१ गते सञ्चालन गरिएको शिविर गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा आयोजित भएको हो। शिविर बुढीगंगाको टाँटेमा सञ्चालन गरिएको हो, जहाँ बुढीगंगा नगरपालिका सहित त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरू सेवा लिन आएको बाजुरा स्वास्थ्य चौकी टाँटेका प्रमुख […]

Continue Reading

बडीमालिका नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषणा

बाजुरा, बडीमालिका नगरपालिकालाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषणा गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सर्वेक्षण अनुसार, पालिकाका ९ वटै वडाका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरूले आवश्यक सबै खालका खोप प्राप्त गरिसकेको पाइएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले जानकारी दिनुहुँदै, ९ वडामा गरिएको अनुगमनमा जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि […]

Continue Reading