मुगुको छायानाथ रारा नगरपालिका–११ मा विद्युत चुहावटले १० खच्चर मरे

२०८२असार ९ मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा विद्युत चुहावटका कारण १० वटा खच्चर मरेका छन्। नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्र अन्तर्गतको ट्रान्समिटरबाट जमिनमा विद्युत् चुहिएर करेन्ट लाग्दा खच्चर मरेका हुन्। दश खच्चर मुगुम कार्मारोङ गाउँपालिकातर्फ सामान बोक्दै थिए। सदरमुकाम गमगढीबाट सामान लिएर जाँदै गरेका बेला आइतबार दिउँसो अचानक करेन्ट लागेर खच्चर मरेको […]

Continue Reading

सोरु गाउँपालिकामा शिहराज डाँगीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्दै

मुगु जिल्लाको सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शिहराज डाँगीले आइतवारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुभएको छ।गाउँपालिकाको कार्यालय परिसरमा आयोजित एक सादगीपूर्ण कार्यक्रमका बीच डाँगीलाई गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही, उपाध्यक्ष केशर बहादुर शाही वडाध्यक्षहरू तथा कर्मचारीहरूले स्वागत गर्दै आगामी दिनमा सहकार्य गरेर गाउँको समग्र विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले डाँगीको अनुभव […]

Continue Reading

गल्वा बहुमुखी क्याम्पसको निर्माण स्थल अनुगमन

८-असार२०८२ सन्तोष प्रसाद जोशी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा निर्माणाधीन गल्वा बहुमुखी क्याम्पस भवनको अनुगमन गरिएको छ। आईतबार दिउँसो संयुक्त टोलीले स्थलगत अनुगमन गरेको हो।उक्त टोलीमा अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, पूर्व अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दल फडेरा, वडा नं ५ का अध्यक्ष कमल बहादुर छत्याल, काँखे प्राथमिक विद्यालयका प्रधानाध्यापक खड्क बहादुर […]

Continue Reading

सोरु गाउँपालिकामा सिंह राज डाँगी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

मुगु, असार ५ —मुगु जिल्लाको सोरु गाउँपालिकामा सिंह राज डाँगीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूहका शाखा अधिकृत डाँगीलाई सो जिम्मेवारीसहित खटाएको हो। यसअघि गाउँपालिकामा सातौँ तहका कर्मचारी अनुप श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको थियो। तर श्रेष्ठले […]

Continue Reading

अदानचुलीका सबै वडामा फोर जी सेवा, स्थानीय उत्साहित

हुम्ला — नेपाल टेलिकमको फोर जी सेवा हुम्लाको अदानचुली गाउँपालिकामा प्रभावकारी रूपमा सञ्चालनमा आएको छ। गत फागुनदेखि सञ्चालनमा आएको सेवा अहिले गाउँपालिकाका सबै ६ वटै वडामा सुचारु भएको छ। दुर्गम गाउँमा बसेर पनि सहज रूपमा इन्टरनेट सेवा चलाउन पाएको भन्दै स्थानीय खुसी भएका छन्। गाउँमै बसेर सरकारी कागजात पठाउने, देश–विदेशका समाचार हेर्ने, सामाजिक सञ्जाल चलाउने, […]

Continue Reading

अदानचुली–५ मा विकास निर्माणको अनुगमन, अध्यक्ष सिंहको नेतृत्वमा टोलीको स्थलगत निरीक्षण

अदानचुली —हुम्ला- जिल्ला अदानचुली गाउँपालिका–५ मा हालसम्म सम्पन्न विकास निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएको छ। पालिका अध्यक्ष मोहन विक्रम सिंहको नेतृत्वमा गएको टोलीले विभिन्न पूर्वाधार निर्माण तथा अन्य सेवा प्रवाहका कार्यक्रमको स्थायी र प्रभावकारीता मूल्याङ्कन गरेको हो। पालिका टोलीमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकसहितको समूहले वडा नं ५ अन्तर्गत हालै सम्पन्न तथा निर्माणाधीन योजनाहरूको अनुगमन […]

Continue Reading

अदानचुलीका तीन कार्यालयलाई नेपाल टेलिकमको मोबाइल मल्टिचार्जर सहयोग

सन्तोष प्रसाद जोशी हुम्ला — अदानचुली गाउँपालिकाका तीनवटा सरकारी कार्यालयले नेपाल टेलिकम केन्द्रीय कार्यालय, भद्रकालीको सहयोगमा मोबाइल मल्टिचार्जर प्राप्त गरेका छन्। सञ्चार सुविधा सहज बनाउन र विद्युत अभावका बीच पनि कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले टेलिकमले गाउँपालिकामा सहयोग गरेको हो। यस सहयोग अन्तर्गत अदानचुली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. ५ को वडा कार्यालय तथा वडा नं. […]

Continue Reading

हुम्लाको सर्केगाडमा आगलागी, २० घरमा क्षति सिमकोट र रेडक्रसबाट राहत

हुम्ला, असार ३ ह्याप्पी खबर सम्बादाता हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल गाउँमा आइतबार राति आगलागी हुँदा २० घरमा क्षति पुगेको छ। राति करिब ११:३० बजे सुरु भएको आगो सोमबार बिहान ६:३० बजे नियन्त्रणमा आएको हो।वडाध्यक्ष अकिल कार्कीका अनुसार आगलागीबाट ८ घर पूर्ण रूपमा नष्ट भएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ। पूर्णरूपमा […]

Continue Reading

निराशा होइन, आशाको सञ्चार जरुरी छ : संस्कृति मन्त्री पाण्डे

काठमाडौं, असार २ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताउनु भएकाे छ। नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख […]

Continue Reading

सोरु गाउँपालिकामा उत्कृष्ट कृषक सम्मानको लागि दरखास्त आह्वान

मन बहादुर शाही मुगु-“व्यवस्थित र जिम्मेवार प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारालाई  जोड दिदै सोरु गाउँपालिका कृषि विकास शाखाले आ.व. २०८१/०८२ का लागि उत्कृष्ट कृषक सम्मानको आवेदन खुला गरेको छ। शाखाले एक सूचना जारी गर्दै कृषकहरूलाई तोकिएको मापदण्ड अनुसार आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरेको छ। कृषकहरूको योगदानको कदर गर्दै “उत्कृष्ट कृषक सम्मान […]

Continue Reading