सोरु गाउँपालिकामा उत्कृष्ट कृषक सम्मानको लागि दरखास्त आह्वान

मन बहादुर शाही मुगु-“व्यवस्थित र जिम्मेवार प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारालाई  जोड दिदै सोरु गाउँपालिका कृषि विकास शाखाले आ.व. २०८१/०८२ का लागि उत्कृष्ट कृषक सम्मानको आवेदन खुला गरेको छ। शाखाले एक सूचना जारी गर्दै कृषकहरूलाई तोकिएको मापदण्ड अनुसार आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरेको छ। कृषकहरूको योगदानको कदर गर्दै “उत्कृष्ट कृषक सम्मान […]

Continue Reading

हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर पूर्णरूपमा नष्ट

हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औलवस्तिमा भीषण आगलागी भएको छ। आइतबार राति करिब ११ बजेदेखि सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगोले आठ वटा घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्। धनबहादुर रावत, जनक रावत, विजन फडेरा, पाले फडेरा, […]

Continue Reading

भूमि पूजाको सन्देश विश्वव्यापी हुन आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौं, असार १— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयाे, “भूमि हाम्रो जननी हो, आमा हो। यो केवल पुरातन मान्यता होइन, वैज्ञानिक आधारसमेत भएको विषय हो।” उहाँले भूमिको संरक्षणले जलवायु परिवर्तनका […]

Continue Reading

नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे

काठमाडौँ, असार १ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताउनु भएको छ । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताउनु भयो। उहाँले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको […]

Continue Reading

अध्यक्ष शाहीको विशेष पहलमा ४ करोड ९९ लाख बजेट आयो

मुगु जिल्लाको सोरु गाउँपालिकामा शिक्षा विकास तथा साक्षरतामूलक कार्यक्रमका लागि ४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीको विशेष पहलमा शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने लक्ष्यसहित यो ठूलो बजेट व्यवस्था गरिएको हो।शिक्षा क्षेत्रमा पहुँच, समावेशीकरण र गुणस्तर सुधार गर्ने उद्देश्यले विनियोजित बजेटले विद्यालय भवन निर्माण, कक्षा कोठा व्यवस्थापन, बाल विकास […]

Continue Reading

उज्यालोले चम्कियो बाजुराको अति विकट गाउँ धिम

बाजुराको अति विकट मानिने हिमाली गाउँपालिकास्थित धिम गाउँमा पहिलोपटक बिजुली पुगेको छ। गाउँपालिकाकै ठूलो बस्तीमध्ये एक धिममा वर्षौँदेखिको स्थानीयको सपना पूरा भएको हो। कुवाडी खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको सहयोगमा लाइन विस्तार भएपछि वडा नम्बर ६ मा पर्ने धिम गाउँ झिलिमिली बनेको छ। बिजुलीको पहुँचसँगै धिम गाउँका २७३ घरधुरीका करिब १,४०० जनसंख्या लाभान्वित भएका छन्। पुस्तौँदेखि […]

Continue Reading

मुगुमा सामुदायिक बन संरक्षण सम्बन्धि गस्ति अवैध खनजोत गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी

सोरु गाउँपालिका २ मा अवस्थित महादेव बुढाकुरिल्ला सामुदायिक बन उपभोक्ता समूह र सोरु सबडिभिजन बन कार्यालयले संयुक्त रूपमा बन संरक्षणका लागि अभियान सञ्चालन गरेका छन । सामुदायिक वनमा अवैध रुपमा हुने विभिन्न क्रियाकलाप रोकथाम गरि सामुदायिक वनको संरक्षणका लागि सामुदायिक बन उपभोक्ता समूह र सबडिभिजन बन कार्यालयले सयूक्त रुपमा गस्ती अभियान सञ्चालन गरेका हुन । […]

Continue Reading

मुगु–सोरु गाउँपालिकामा १० लाख लागतमा एकीकृत सेवा केन्द्र सञ्चालनमा

सन्तोष मुगु, असार २९ – कर्णाली प्रदेशको विकट जिल्ला मुगुको सोरु गाउँपालिकामा एकीकृत सेवा केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकाको लगानीमा करिब १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो सेवा केन्द्रबाट अब स्थानीय बासिन्दाले विविध सरकारी सेवा एकै छानामुनि सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार अबदेखि नागरिकता सम्बन्धी काम, सामाजिक […]

Continue Reading

बाम्का बजारका आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाबाट एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

बाजुरा-बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने भएको छ। आगलागीबाट बाम्का बजारका व्यापारीहरूले ठूलो क्षति बेहोर्नु परेकाले राहतस्वरूप सो रकम सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । आइतबार गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पारसबहादुर शाहीद्वारा […]

Continue Reading

लिमिबाट कैलाश मानासरोवरको दर्शन सुरु,तर पर्यटकीय सम्भावना अझै ओझेलमा हुम्ला, जेठ २२ – हुम्लाको अति दुर्गम उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने लिमी उपत्यकाको लोलुङ गाउँबाट पवित्र कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ। वैशाखको दोस्रो साता बाटो खुलेसँगै जेठको पहिलो सातादेखि आन्तरिक पर्यटकहरू लिमी पुग्न थालेका छन्। नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार, न्यालु, नारा, […]

Continue Reading