दशैं नजिकिँदै खसी–बोका भित्रिने क्रम तीव्र, सरसफाइमा ध्यान दिन आग्रह

‎मुगु — दशैं नजिकिँदै जाँदा मुगुको सोरु गाउँपालिकामा खसी–बोका भित्रिने क्रम तीव्र बनेको छ। गाउँपालिकाको विभिन्न क्षेत्रमा खुला स्थानमा खसी बोका राख्दा फोहोर बढिरहेको स्थानीयले बताएका छन्।‎सोरु गाउँपालिका पशुपन्छी विकास शाखाका शाखा प्रमुख पुर्ण बहादुर सेजुवालले मासु सेवन गर्दा विशेष सतर्कता अपनाउन उपभोक्तालाई आग्रह गर्नुभयो। उहाँका अनुसार मासु अनिवार्य रूपमा जाँच गरी मात्र सेवन गर्नुपर्ने, […]

Continue Reading

मुगुको सोरुमा दशैं–तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन

मुगु — दशैं–तिहारलाई लक्षित गरी मुगुको सोरु गाउँपालिकामा सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय सोरुले आइतबारदेखि सहुलियत दरमा चामल बिक्री गर्न थालेको हो।डिपोका प्रमुख आयुस चौधरीका अनुसार सहुलियत मूल्य पसलमार्फत उपभोक्ताले दुई प्रकारका चामल पाउनेछन्। बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ सस्तो दरमा उपलब्ध हुने सोना मन्सुली मध्यम […]

Continue Reading

प्याजले बजार नपाउँदा किसान निराश, उत्पादनमा कमी आउँने चिन्ता

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज दुई महिना सम्म स्टोरेजमै थन्किँदा किसानहरू निराश भएका छन्। मेहनत र पसिना पोखेर उत्पादन गरिएको प्याजलाई उचित बजार मूल्य नपाउँदा गाउँभरि निरासा फैलिएको हो।स्थानीय किसान बिरभान बिकका अनुसार करिब १ सय २ क्विन्टल प्याज थन्किएको छ। दशैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा पनि प्याजले बजार पाउन […]

Continue Reading

सोरु गाउँपालिकामा दीप प्रज्वलन गर्दै संविधान रक्षा र राष्ट्रिय एकताको संकल्प”

‎मुगु — सोरु गाउँपालिकामा संविधानको रक्षा र राष्ट्रिय एकताको सन्देश फैलाउन दीप प्रज्वलन कार्यक्रम गरिएको छ। गाउँपालिकाले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सो कार्यक्रम सम्पन्न गरेको हो।‎सोरुकोट बजार क्षेत्रमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको सहभागितामा दीप प्रज्वलन गरिएको थियो। उपस्थितहरुले “संविधान हाम्रो गौरव, राष्ट्रिय एकताको आधार” […]

Continue Reading

सोरु गाउँपालिकामा संविधान दिवस भव्यताका साथ सम्पन्न, राष्ट्रिय एकता र समृद्धिको प्रतिवद्धता व्यक्त

‎मुगु — सोरु गाउँपालिकाले “राष्ट्रिय एकता, अधिकार र समृद्धिको आधार : संविधान” भन्ने मुल नाराका साथ १०औं संविधान दिवस भव्यताका साथ मनाएको छ। सोरुकोट बजार परिक्रमा गर्दै सरसफाई सहितको प्रभातफेरी कार्यक्रमले दिवसको शुरुवात गरिएको थियो।‎कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले नेपालको संविधान हजारौं संघर्ष र बलिदानको फलस्वरूप प्राप्त भएको उल्लेख गर्दै यसको मर्म […]

Continue Reading

मुगुको सोरु गाउँपालिकामा संविधान दिवस भव्य रूपमा मनाइने

मुगु — सोरु गाउँपालिकाले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा मनाउने तयारी गरेको छ। बिहीबार गाउँपालिकाले सूचना जारी गर्दै असोज ३ गते शुक्रबार बिहानदेखि विविध कार्यक्रमसहित दिवस मनाउने जानकारी दिएको हो।नेपालको संविधान २०७२ जारी भएको एक दशक पुगेको अवसरमा संविधान दिवसलाई ऐतिहासिक रूपमा मनाइने जनाइएको छ। सोही दिन बिहान ठिक ८ […]

Continue Reading

सोरु गाउँपालिकाले नेपालगञ्जमा पुगेर वैकल्पिक सेवा दिदै

मुगुको दुर्गम सोरु गाउँपालिकाले जिल्लाबाहिर रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका लागि नेपालगञ्जमा वैकल्पिक सेवा केन्द्र स्थापना गरी १०७ जनाको भत्ता नविकरण गरेको छ।रोजगार, अध्ययन, उपचार लगायतका कारणले काठमाण्डौं, बाँके, कैलाली, दाङ, सुर्खेतलगायत जिल्लामा बस्दै आएका लाभग्राहीलाई लक्षित गरी सोरु गाउँपालिकाले भदौ २६ देखि ३० सम्म बाँकेको राँझामा सेवा केन्द्र सञ्चालन गरेको हो।सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय […]

Continue Reading

बुढिनन्दा नगरपालिकामा “संबिधान जोगाऔं, देश बचाऔं”भन्दै र्‍याली

‎बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिकाले संविधानको रक्षा र राष्ट्रिय सार्वभौमिकताको पक्षमा जोड दिँदै बिहीबार दिउँसो संयुक्त शान्तिपूर्ण र्‍याली सम्पन्न गरेको छ। “संबिधानको रक्षा गरौँ, बिदेशी दलाल होसियार, हामी शैनिक शासन मान्दैनौं, बिधिको शासन कायम गर, सिमानामा सुरक्षा कडाई गर, GenZ का उपयुक्त माग पूरा गर, रास्ट्रपतिलाई सार्बजनिक गर” जस्ता नारा दिँदै निकालिएको र्‍याली कोल्टी बजारको […]

Continue Reading

राष्ट्रपति पौडेलको अपिल  “शान्ति–सुव्यवस्था कायम गर्न सबै पक्ष सहयोगी बन्नुहोस्”

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न वर्तमान जटिल परिस्थितिबाट संवैधानिक दायराभित्र रही निकास दिन सक्ने उपाय खोज्न सबै सरोकारवालालाई अपिल गर्नुभएको छ।राष्ट्रपतिले शुक्रबार जारी गर्नुभएको अपिलमा मुलुकमा लोकतन्त्रको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न निरन्तर विचार–विमर्श र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गरी छोटो समयमा समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा उहाँले जोड […]

Continue Reading

मुगु र हुम्लाका दुर्गम क्षेत्रहरूमा नेपाल टेलिकमको फोर–जी सेवा विस्तार ।

‎मुगु — दुर्गम पहाडी जिल्लामा सूचना–सञ्चार सेवा विस्तार गर्ने क्रममा नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका वडा नं ४ र ५ सहित छिमेकी हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं १ जैर मा नयाँ टावरमार्फत फोर–जी सेवा सञ्चालनमा ल्याएको छ। अब दुर्गम गाउँका बासिन्दाले आफ्नै घरभित्रै बसेर सहजै भिडियो कल गर्न सक्ने भएका छन्। ‎यसअघि लामो समयदेखि […]

Continue Reading